• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

अर्थमन्त्री साहद्वारा बाणिज्य संघको सभाहल उद्घाटन

निजी क्षेत्रको आकर्षण बढाउन लगानी सम्मेलन गर्ने उद्घोष
अर्थमन्त्री साहद्वारा बाणिज्य संघको सभाहल उद्घाटन

न्यूज टुडे
राजबिराज, ०४ असोज ।
प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजाना मन्त्री शैलेन्द्र प्रसाद साहले सप्तरी उधोग वाणिज्य संघ राजबिराजको नवनिर्मित भवनको उद्घाटन गरेको छन। राजबिराजस्थित सप्तरी उधोग वाणिज्य संघ राजबिराजको तेस्रो तल्लामा नवनिर्मित छिन्नमस्ता सभाहलको सोमबार एक समारोहका बीच मन्त्री साहले उद्घाटन गरेका हुन् ।

सभाहल उद्घाटन समारोहमा बोल्दै मन्त्री साहले प्रदेश सरकार उधोगी ब्याबसायीका ब्यबसायिक सुरक्षामा प्रयत्नशिल रहेको बताए । प्रदेश सरकार निजी क्षेत्रमा उद्योगी ब्याबसायीलाई आकर्षण गर्ने योजनाका साथ अघि बढेको छ, मन्त्री साहले भने, निजी क्षेत्रलाई आकर्षण गर्न छिट्टै लगानी सम्मेलन गर्दैछौं । सप्तरी लगायत प्रदेश २ मा चरम गरिबी रहेको चर्चा गर्दै मन्त्री साहले गरिबी न्यूनीकरण गर्न उद्योगी ब्याबसायीहरुको अहम् भूमिका रहने बताए । उधोगी ब्याबसायीहरुले उत्पादनशिल क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिदै मन्त्री साहले प्रदेश सरकारले उधोग संचालनमा उधोगी ब्याबसायीहरुलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

एतिहासिक शहर राजबिराजको बिकास हुन नसकेको प्रति चिन्ता व्यक्त गर्दै मन्त्री साहले प्रदेश सरकारद्वारा संचालित ग्रिन सिटी, क्लिन सिटी योजना अन्तर्गत राजबिराज नगरपालिकालाई चालू आर्थिक बर्षमा १० करोड बजेट बिनियोजन गरेको बताए । प्रदेश सरकारको बजेटले राजबिराजको फोहरमैला ब्यबस्थापन, छाडा पशुचौपाया नियन्त्रण तथा ब्यबस्थित पार्किङका साथै हरियाली तथा सफा, सुन्दर शहर निर्माणको कार्य हुने उनले बताए ।

मन्त्री साहले राजबिराजमा प्रदेशकै गौरवको रुपमा कृषि विश्व विद्यालय स्थापना गर्ने, राजबिराजमा यातायात ब्यबस्था ईकाई कार्यालय संचालनमा ल्याउन प्रदेश सरकारले तयारी पूरा गरिसकेको जानकारी दिदै मन्त्री साहले बिगतका सरकारको उदासिन्ताका कारण पछाडि परेको सप्तरीको कृषि, पर्यटन उधोगलगायतका समग्र बिकास टेवा पुग्ने दाबी गरे । प्रदेश २ का अर्थ मन्त्रालयबाट युवा स्वरोजगार कार्यक्रम संचालन गर्ने बताउँदै मन्त्री साहले उक्त योजानाले साना लगानीमा ब्यबसाय संचालन गर्नेलाई ५० हजारदेखि १ लाखसम्म निःशुल्क अनुदानको ब्यबस्था गरेको बताए ।

अर्थ मन्त्रालयले कोभिड १९ बाट प्रभावित बिदेश गएर फर्किएका युवाहरुले फलफुल व्यापार, तरकारी ब्यापार, माछा मासु ब्यापार जस्ता साना ब्यबसायबाट रोगगार दिने उद्देश्यले युवा स्वरोजगार कार्यक्रम ल्याएको मन्त्री साहले बताए ।

सप्तरी उधोग वाणिज्य संघ सप्तरीका अध्यक्ष अरुण कुमार प्रधानको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रेस काउन्सिल प्रदेश २ का अध्यक्ष शिवहरी भट्टराई, राजबिराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव, डाक्नेश्वरी नगरपालिकाका प्रमुख शिव नारायण साह, सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, जनता समाजवादी पार्टी सप्तरीका अध्यक्ष केदार यादव, नागारिक समाज सप्तरीका कार्यबाहक अध्यक्ष थानसिंह भन्साली, सप्तरी उधोग वाणिज्य संघ सप्तरीका पूर्व अध्यक्ष जगरनाथ मुण्धडालगायतले शुभकामना मन्तब्य व्यक्त गरे ।

सप्तरी उधोग वाणिज्य संघ राजबिराजका महासचिव अनन्तलाल साहद्वारा संचालित कार्यक्रममा स्वागत उपाध्यक्ष शंकर कुमार दासले गरे । कार्यक्रममा सप्तरी उधोग वाणिज्य संघलाई बिभिन्न क्षेत्रमा रहेर योगदान गर्ने १ दर्जन ब्यक्तिलाई मन्त्री साहले प्रमाण–पत्र र दोसल्ला ओढाएर सम्मान गरे ।