Top_Header_Right_Add

छोराछोरी दुबैले हरेक क्षेत्रमा सम्मान अवसर पाउनुपर्छ ः मन्त्री साह

छोराछोरी दुबैले हरेक क्षेत्रमा सम्मान अवसर पाउनुपर्छ ः मन्त्री साह

न्यूज टुडे
राजबिराज, ०४ असोज ।
प्रदेश नम्बर २ का सामाजिक बिकास मन्त्री नवलकिशोर साहले छोराछोरी दुबैले हरेक क्षेत्रमा सम्मान अबसर पाउनुपर्ने बताएका छन् । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ४ स्थित आधारभूत विद्यालय बनौली बडगोरियाद्वारा सोमबार आयोजित नवनिर्मित भवन उद्घाटन तथा साईकल बितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै मन्त्री साहले छोरालाई काखा छोरीलाई पाखा लगाउने परम्परागत सोच र भावनामा परिवर्तन ल्याउन प्रदेश सरकारले बेटी पढाऊ, बेटी बचाऊ अभियान संचालन गरेको बताए । समाजमा छोरालाई दुध खुवाउने र छोरीलाई मेलापात गर्न लगाउने बिकृति बिद्यमान रहेको चर्चा गर्दै मन्त्री साहले समाजमा ब्याप्त रहेको छोरीप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउने तथा छोराछोरी बीच हुने भेदभाव अन्त्य गर्ने अभियानको प्रमुख उद्देश्य रहेको उल्लेख गरे ।

देश बिकासका लागि महिला पुरुष दुबैको उत्तिकै योगदान आबश्यक रहेको बताउँदै कार्यक्रमका प्रमुख अतिथि मन्त्री साहले मुलुकको परिवर्तनका लागि छोराछोरी दुबैलाई सम्मान अबसर दिनुपर्नेमा जोड दिए । मन्त्री साहले सहिदको बलिदानबाट आएको बर्तमान शासन ब्यबस्थाको कारण बिकासले गति लिन शुरु गरेको बताए ।

नेपालमा संघीय ब्यवस्था कसैले दान गरेर पाएको होईन, मन्त्री साहले भने, जनताको बलिदानले पाएको हो, उनले भने, सहिदको रगतले प्रदेश सरकार बनेको हामीले भुलेको छैनौं, सहिदको अपमान गरि संघीयतालाई समाप्त गर्न खोज्ने षड्यन्त्रकारीहरु आफै समाप्त हुनेछ ।

सप्तरी निर्वाचन क्षेत्र २(ख) बाट निर्वाचित प्रदेश सभा सदस्य एवम् प्रदेश २ का अर्थ योजना आयोगका संयोजक मनिस सुमनले प्रदेश २ सरकारको छात्रहरुलाई साईकल बितरण कार्यक्रम प्रभाबकरी भएको बताए । साईकल बितरणले विद्यालयहरुमा छात्राहरुको सहभागीता उल्लेख्य रुपले बढिरहेको बताउँदै सुमनले अभियानलाई अझ सशक्त रुपले अगाडि बढाउनुपर्नेमा जोड दिए ।

निर्वाचन आयोगका पूर्व आयुक्त डा. अयोधी प्रसाद यादवले आधारभूत विद्यालय बनौलीको लामो ईतिहास रहेको बताए । २०१६ सालमा स्थापना भएको विद्यालयबाट देशका ठु–ठुल्ला योद्वाहरुले शिक्षा आर्जन गरि ख्याती प्राप्त गरेको बताउँदै पूर्व निर्वाचन आयुक्त डा. यादवले विद्यालयको चौतर्फी बिकासमा आबश्यकता औल्याए । आफुले प्राम्भिक शिक्षा हासिल गरेको विद्यालयको बिकासमा प्रदेश सरकारको सहयोग गरेको प्रति खुसी व्यक्त गर्दै उनले निरन्तर  सहयोगको लागि आग्रह गरे ।

अग्निसाईर कृष्णासवरन गाउँपालिकाकी उपाध्यक्ष मिना चौधरीले छोरीहरुको शिक्षा सहभागीता गर्ने उद्देश्यले प्रदेश सरकारले संचालन गरेको साईकल बितरण कार्यक्रमले छोरीहरुको सम्मान गरेको बताईन् । उनले साईकल उपयोग गर्न छात्राहरूलाई आग्रह गर्दै आफ्ना पालिकाका छात्राहरूलाई साईकल उपलब्ध गराएकोमा प्रदेश सरकारलाई धन्यवाद व्यक्त गरिन् ।

अग्निसाईर कृष्णासरवन गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष तेज नारायण यादवको अध्यक्षतामा आयोजित नवनिर्मित भवन उद्घाटन साईकल बितरण समारोहमा स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादव, जसपा अग्निसाईर कृष्णासवरन गाउँपालिका अध्यक्ष रामदेव यादव लगायतकाले शुभकामना मन्तब्य व्यक्त गरे ।

विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष अशोक कुमार यादवद्वारा संचालित कार्यक्रममा स्वागत प्रधानाध्यापक हरि नारायण यादवले गरे । कार्यक्रममा मन्त्री साहले शैक्षिक सत्र २०७७ मा कक्षा ८ का २४ जना छात्रालाई साईकल तथा फरक क्षमता भएका १२ जनालाई ट्राईसाईकल बितरण गरे ।

यसअघि मन्त्री साहले विद्यालय परिसरमा २० लाखको लागतमा नवनिर्मित भवनको रिवन काटेर उद्घाटन गरेका थिए । उक्त भवन निर्माणका लागि सामाजिक बिकास मन्त्रालय प्रदेश २ ले आर्थिक सहयोग गरेको विद्यालयका अध्यक्ष अशोक यादवले जानकारी दिए ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

News Portal Web design in Saptari Offer