Top_Header_Right_Add

सुशासनको लागि स्थायी सत्ता इमान्दार हुनु आवश्यक ः मुख्यमन्त्री राउत

सुशासनको लागि स्थायी सत्ता इमान्दार हुनु आवश्यक ः मुख्यमन्त्री राउत

न्यूज टुडे
राजविराज, ०४ असोज ।
मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा सुशासन कायम गर्न स्थायी सत्ता इमान्दार हुनु आवश्यक रहेको बताएका छन् । प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम अन्तर्गत प्रादेशिक सुशासन केन्द्रले बर्दिवासमा आयोजना गरेको स्थानीय तहको संस्थागत स्वमूल्यांकन सम्बन्धि समिक्षा एवम् अनुशिक्षण कार्यक्रमलाई समुद्घाटन गर्दै मुख्यमन्त्री राउतले सो कुरा बताएका हुन् ।

कर्मचारीतन्त्रको सहयोगविना अनियमितता हुनै नसक्ने बताउदै मुख्यमन्त्री राउतले जनप्रतिनिधिलाई नियम कानून बुझाउने जिम्मा समेत स्थायी सत्ता अर्थात कर्मचारीहरुकै रहेको उल्लेख गरे ।

सुशासन कायम गर्ने पहिलो खुडकिलो स्वमूल्यांकन रहेको उल्लेख गर्दै उनले स्वमूल्यांकनलाई प्राथमिकतामा राख्न स्थानीय तहका प्रशासकीय अधिकृतहरुलाई निर्देशन समेत दिए । प्रदेशका अधिकांश स्थानीय तहले स्वमूल्यांकन नतिजा प्रकाशन गर्न नसकेको तर्फ इंकित गर्दै मुख्यमन्त्री राउतले भने, ‘हामी आप्mनो मूल्यांकन समेत हामीले गर्न सकिरहेको छैन, कसरी सुशासन सम्भव हुन्छ ।’

जनप्रतिनिधिहरु एउटा निश्चित अवधि मात्र रहने तर कर्मचारीहरु लामो समय रहने भएको हुनाले सुशासन कायम गराउने ठुलो दायित्व कर्मचारीहरुकै काँधमा रहेको बताए ।

प्रदेशमा भ्रष्टाचार अन्तको लागि जनलोकपाल आयोग गठन भईसकेको जानकारी गराउदै मुख्यमन्त्री राउतले अनियमितता गर्ने जो कोहीलाई पनि कारबाही गर्ने अधिकारी आयोगको रहेको हुँदा सचेत रहन आग्रह समेत गरे ।

प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमका प्रादेशिक निर्देशक एवम् मुख्यमन्त्री कार्यालयका सचिव यम प्रसाद भुषालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख सचिव हरिप्रसाद मैनाली, संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका सह–सचिव वसन्त अधिकारी, मुख्यमन्त्री कार्यालयका सचिव विष्णु ढकालसहितको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रदेशस्थित स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुको सहभागिता रहेको थियो ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

News Portal Web design in Saptari Offer