Top_Header_Right_Add

महिला संघले १३ बुँदे माग राखी गाउँपालिकालाई बुझाए ज्ञापन–पत्र

महिला संघले १३ बुँदे माग राखी गाउँपालिकालाई बुझाए ज्ञापन–पत्र

शम्भु चौधरी
अ.कृष्णासवरन, ०४ भदौ ।
सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिकामा सोमबार नेकपा माओबादी केन्द्र निकट अखिल नेपाल महिला संघ क्रान्तिकारीले बिभिन्न १३ बुँदे माग राखी ज्ञापन–पत्र बुझाएका छन् । अखिल नेपाल महिला संघ क्रान्तिकारीका गाउँपालिका सह–संयोजक सोभा कुमारी चौधरीको नेतृत्वको टोलीले गाउँपालिका उपाध्यक्ष मिना चौधरीलाई ज्ञापन–पत्र बुझाएका हुन् ।

ज्ञापन–पत्र बुझ्दै उपाध्यक्ष चौधरीले महिलाहरूद्वारा उठाएका माग सकारात्मक रहेको भन्दै कार्यान्वयनका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । महिला संघ क्रान्तिकारी गाउँपालिका समितिद्वारा बुझाएको ज्ञापन–पत्रमा आमाको नामबाट नागारिकता दिने सहज ब्यबस्था गर्नुपर्ने, छोरासरह छोरीलाई पैत्रिक सम्पत्तिमा सम्मान अधिकार लागु गर्नुपर्ने, लैगिक उत्तरदायी बजेट १० प्रतिशतको ब्यबस्था गरि जनचेतना तालिम, सीप सिकाई आदिमा प्रयोग गर्नुपर्न, स्वास्थ्य संस्था, अस्पताल, विद्यालय स्वास्थ्य चौकी, शिक्षण संस्था बिश्वविद्यालय, हाताको वरिपरि निश्चित दूरी कायम गरि धूम्रपान, मद्यपान, जुवातास निषेध क्षेत्र घोषणा गर्नुपर्ने, माध्यमिक तहसम्म किशोरी मैत्री बाताबरण बनाउन किशोरीहरुलाई आरामदायि कक्षा शौचालयको ब्यबस्था, स्यानिटरी प्याडको सहज ब्यबस्था गर्न माग गरिएको छ ।

यसैगरी महिला हिंसा मुक्त पालिका घोषणा गर्नुपर्ने, पालिकामा अल्पकालीन सुरक्षित गृह (सेफ हाउस) को ब्यबस्था गर्नुपर्ने, सबै गर्भवती महिलालाई अस्पतालमै सुत्केरी हुने ब्यबस्था मिलाउनुपर्ने, हिंसा पीडित महिलाहरुको लागि न्यायीक समितिमार्फत तत्काल न्याय दिने ब्यबस्था मिलाउनु पर्ने, छोरीको लागि जन्मेपछि खाजाको ब्यबस्था र माध्यमिक शिक्षासम्म निःशुल्क शिक्षाको ब्यबस्था मिलाउनु पर्ने, गाउँपालिकाको प्रत्येक कार्यक्रम महिलाहरूलाई ५० प्रतिशत सहभागीता सुनिश्चित गर्नुपर्ने ज्ञापान–पत्रमार्फत माग गरिएको छ ।

ज्ञापन–पत्र बुझाउँदै महिलाहरुले शान्तिपूर्ण तरिकाले राखिएको माग कार्यान्वयन नगरे सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

News Portal Web design in Saptari Offer