• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

जन ज्योती कृषि सहकारीको कूल पूँजी २१ करोड भन्दा माथि

जन ज्योती कृषि सहकारीको कूल पूँजी २१ करोड भन्दा माथि

न्यूज टुडे
राजबिराज, ०३ असोज ।
सप्तरीको राजबिराज ९ मलेठमा संचालित जन ज्योति कृषि सहकारी संस्थाको कूल पूँजी २१ करोड ३ लाख २८ हजार ५ सय ८ रुपैयाँ पुगेको छ । २०६८ भदौ २५ गते स्थापना गरि संचालित संस्थाले दशौं बर्षको अबधिमा करोडौंको सम्पति जोड्न सफल भएको हो ।

संस्थाको दशौं बार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रम संस्थाका अध्यक्ष बिश्वनाथ मण्डलले सो जानकारी गराए । संस्थाले नवौं वसन्त पार गरी दशौं बर्षमा प्रदेश गर्दा २ हजार २ सय शेयर सदस्यहरुबाट २ करोड ३० लाख २३ हजार १ सय, पूँजी ५ करोड ७६ लाख ८ हजार बचत रहेको छ ।

यसैगरी सदस्यहरुको बित्तीय आबश्यकताहरु परिपूर्तिका लागि बिभिन्न शिर्षकमा १३ करोड ६७ लाख १८ हजार २ सय ५८ ऋण लगानी गरि संस्थाको कूल सम्पत्ति २१ करोड ३ लाख २८ हजार ५ सय ८ रुपैयाँ पुगेको अध्यक्ष मण्डलले बताए । बहुसंख्यक जनसंख्या कृषि पेशामा आबद्ध भएका कारण कृषि पेशालाई प्रबिधिमैत्री बनाई सस्थाले कृषिलाई ब्याबसायिक बनाउने उद्देश्य राखेर कार्ययोजना अघि सारेको उनले जानकारी गराए ।

प्रदेश सरकारलगायत कृषि एवम् अन्य क्षेत्रमा काम गर्ने बिभिन्न निकायहरुसँग समन्वय गरि अगाडि बढेको उल्लेख गर्दै अध्यक्ष मण्डलले आबद्ध सदस्यको सन्तुष्टिलाई मुख्य उद्देश्य बनाएर संस्था सदस्यहरुलाई सहज र सुलभ दरमा बिभिन्न सेवामा समर्पित रहेको बताए ।

सो अबसरमा संस्थाले गरिव, बिपन्न तथा पिछडिएका बर्गहरुको उत्थान तथा बिकासका लागि मद्दत गर्दै समाजमा बिद्यमान अशिक्षा, गरिबी तथा अज्ञानताको न्यूनीकरण भई सदस्यहरुको उच्च जीवनस्तरमा परिवर्तन ल्याउन सघाउ पुगेको उनले जानकारी दिए ।