• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

उत्पीडित समुदायको अधिकार सुनिश्चितताका लागि संविधान संशोधन गर्नुपर्नेमा जोड

उत्पीडित समुदायको अधिकार सुनिश्चितताका लागि संविधान संशोधन गर्नुपर्नेमा जोड

न्यूज टुडे
राजबिराज, ०३ असोज ।
नेपालको संबिधान २०७२ अधुरो अपुरो र बिभेदकारी रहेकोले संशोधन गर्नुपर्नेमा राजबिराजमा आइतबार आयोजित एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । जनता सामाजवादी पार्टी नेपाल सप्तरीद्वारा आयोजित संविधान संशोधन आबश्यकता बिषयक अन्तरक्रिया कार्यक्रमका बक्ताहरुले संबिधान संशोधनका लागि आबश्यक्तामा जोड दिएका हुन् ।

कार्यक्रममा बोल्दै बक्ताहरुले नेपालको संबिधान अपुरो अधुरो र बिभेदकारी रहेकोले संशोधन गर्नु अपरिहार्य रहेको  बताए । बर्तमान नेपालको संविधानले मधेश, आदिबासी, थारु, दलित, महिलालगायतका आन्दोलनको माग, मुद्दा र भावानालाई सम्बोधन नगरेको आरोप लगाउँदै बक्ताहरुले बर्तमन संबिधान बिभेदकारी भएकोले संशोधन गर्नुपर्नेआबश्यकता औलाए । पहिचान र अधिकार सुनिश्चितताको लडाई जारी रहेको भन्दै बक्ताहरुले संबिधान संशोधन नगरे सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।

अन्तरक्रिया कार्यक्रमका बक्ताहरुले मधेशसहित बिभिन्न आन्दोलनका बलमा प्राप्त उपलब्धिलाई रक्षा गर्दै बाँकी अधिकारका लागि संबिधान संशोधन नगरेसम्म संघर्ष जारी रहेने बताए । नेपालको संबिधान २०७२ ले मधेशी, आदिवासी, महिला, मुस्लिम, थारु, दलितलगायतका उत्पीडित समुदायलाई अधिकारबाट बञ्चित गरेको चर्चा गर्दै बक्ताहरुले संबिधान संशोधन गरि सदियौंदेखि उपेक्षामा परेका समुदायको हक अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिए । उत्पीडित समुदाय, बर्गको अनुहार संबिधानमा नदेखिएसम्म जसपाले संविधान स्विकार्न नसक्ने बक्ताहरुको भनाई थियोे ।

जनता समाजवादी पार्टी सप्तरीका अध्यक्ष केदार प्रसाद यादवको अध्यक्षता तथा केन्द्रिय कार्यकारिणी समिति सदस्य एवम् राष्ट्रिय सभा सदस्य मृगेन्द्र सिंह यादवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा जसपा केन्द्रिय कार्यकारिणी समिति सदस्य एवम् प्रदेश नम्बर २ का सामाजिक बिकास मन्त्री नवल किशोर साह, केन्द्रिय कार्यकारिणी समिति सदस्य एवम् सप्तरी निर्वाचन क्षेत्र नम्बर २(ख) बाट निर्वाचित प्रदेश सभा सदस्य मनिष सुमन, जसपा केन्द्रिय सदस्य एवम् सप्तरी निर्वाचन क्षेत्र नम्बर ३(ख) बाट निर्वाचित प्रदेश सभा सदस्य बिदेश्वार प्रसाद यादव बिक्की, केन्द्रिय सदस्य एवम् राजबिराज नगरपालिकाका प्रमुख शम्भु यादव, केन्द्रिय सदस्यहरु उमेश कुमार यादव, बिनिता यादव, कैलाश यादव, भिमराज यादव, अशोक यादव, बिशेश्वर रजक, जसमुल खान, शैलेन्द्र मोहन झा, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य अबधेश झा, समाजबादी बिद्यार्थी युनियनका केन्द्रिय अध्यक्ष किशोर कुमार केसी, जसपा नेता एवम् रुपनी गाउँपालिका अध्यक्ष हरेराम यादवलगायतले संबिधान संशोधन गर्नुपर्नेमा जोड दिए ।

यसैगरी जसपा मधेश प्रदेश समितिका सचिव दिनेश कुमार यादव, सदस्य शिवशंकर यादव, समाजबादी युवा संघका केन्द्रिय सचिवालय सदस्य विशाल यादव, सामाजवादी बिद्यार्थी युनियन प्रदेश नम्बर २ का उपाध्यक्ष तारकेश्वर यादव, समाजवादी महिला संघका उपाध्यक्ष गिता यादव, रमिला साहलगायतकाले समेत संबिधानलाई सर्वस्विकार्य बनाउन संशोधन जरुरी रहेको बताए ।

जनता समाजवादी पार्टी सप्तरीका सचिव चित्तरञ्जन यादवद्वारा संचालित कार्यक्रममा स्वागत जसपा सप्तरीका अध्यक्ष हरेराम यादवले गरे ।