• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

शिक्षामा छात्राहरुको पहुँच बढाउन साईकल बितरण ः मन्त्री साह

शिक्षामा छात्राहरुको पहुँच बढाउन साईकल बितरण ः मन्त्री साह

राजबिराज ।
प्रदेश नम्बर २ का सामाजिक बिकास मन्त्री नवल किशोर साहले शिक्षामा सहज पहुँच गराउने उद्देश्यले सरकारले छात्राहरूलाई साईकल बितरण अभियान ल्याएको बताएका बताएका छन् । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका १ स्थित जनचेतना माध्यमिक विद्यालयका छात्राहरुलाई शनिबार साईकल बितरण गर्दै उनले यस्तो बताएका हुन् ।

मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ अभियान अन्तर्गत आयोजित साईकल बितरण कार्यक्रममा बोल्दै मन्त्री साहले प्रदेश २ मा अझै पनि शिक्षामा छोरीहरुको सहज पहुँच हुन नसकेको बताए । प्रदेश २ मा छोरीप्रतिको हेर्ने दृष्टिकोणमा अझैपनि सुधार आउन सकेको छैन, मन्त्री साहले भने, छोरी र छोरा बीचको भेदभाव कायमै छ, छोरीलाई घरको काममा लगाउने र छोरालाई पढ्नमा बढि प्राथमिकता दिने चलन अहिले पनि समाजमा बिधमान छ ।

छोराछोरी दुबै बराबरी हो, छोरा र छोरी दुबैले हरेक क्षेत्रमा सम्मान अबसर पाउनुपर्नेमा जोड दिदै मन्त्री साहले छोरीहरुलाई पढाईमा प्रोत्साहन गरि शिक्षामा सहज पहुँच बढाउने उद्देश्यले छात्राहरुका लागि प्रदेश सरकारले साईकल बितरण अभियान संचालन गरेको बताए ।

विद्यालयद्वारा आयोजित कार्यक्रममा छात्राहरूलाई साईकल बितरण गर्दै मन्त्री साहले पढाईमा निरन्तरता दिन आग्रह गरे । छोरी शिक्षित भएमा मात्र समाजिक परिवर्तन गर्न सकिन्छ, मन्त्री साहले भने, सामाजिक रुपान्तरणका लागि छोरीहरुको पढाईमा अभिभावकले अग्रसरता देखाउनु आबश्यक छ । विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष महेश प्रसाद चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा मन्त्री साहले शैक्षिक सत्र २०७७ का कक्षा ८ का छात्राहरुलाई १५ वटा साईकल र गाउँपालिका अन्तर्गतका १५ जना फरक क्षमता भएका ब्यक्तिहरुलाई ह्विल चेयर बितरण गरे ।

कार्यक्रममा स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादव, जसपा संघीय परिषद् सदस्य गुणानन्द चौधरी, जसपा अग्निसाईर कृष्णासवर गाउँपालिका अध्यक्ष रामदेव यादव, संयोजक सत्यनारायण चौधरी, सचिव मिलन चौधरी श्याम चौधरी, शम्भु चौधरी लगायतकाले मन्तव्य व्यक्त गर्दै साईकल बितरण अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

शिक्षक संजय योन्जनद्वारा संचालित कार्यक्रममा स्वागत प्रधानाध्यापक श्याम कुमार चौधरीले गरे । यसअधि मन्त्री साहले कंचनरुप नगरपालिका ३ स्थित आधारभूत विद्यालय बरमझियाका कक्षा ८ का छात्राहरुलाई साईकल र कंचनपुर नगरपालिका वडा नम्बर १, २ र ३ का फरक क्षमता भएका ब्यक्तिहरुलाई ह्विल चेयर बितरण गरेको जसपा युवा नेता भुबनेश्वार (थापा) यादवले जानकारी दिए ।

कार्यक्रममा नगरप्रमुख वसन्त कुमार मिश्रा, उपप्रमुख निरु पोखरेल, स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादव, जसपा कंचनरुप नगरपालिका अध्यक्ष सुदम्बर यादाव लगायतका ब्यक्तित्वहरुको उपस्तिथि रहेका थिए । साभार ः सत्यापन