• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

को. मधेपुरामा निर्माणाधिन ६ नम्बर वडा कार्यालयको निर्माण सामाग्री गुणस्तरहीन

को. मधेपुरामा निर्माणाधिन ६ नम्बर वडा कार्यालयको निर्माण सामाग्री गुणस्तरहीन

न्यूज टुडे
राजबिराज, ३१ भदौ ।
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकामा निर्माणाधिन ६ नम्बर वडा कार्यालय भवनमा गुणस्तरहिन सामाग्रीको प्रयोग गरेको पाएको छ । वडा कार्यालयको बन्दै गरेको भवनमा गुणस्तरीय सामाग्रीको प्रयोग नगरेको पाईएको हो ।

तिलाठी कोईलाडी गाउँपालिकाको १० लाखको लागतमा निर्माणाधिन भवनमा ईट्टा, बलुवा, गिट्टी सिमेन्टलगायतका निर्माण सामाग्री गुणस्तरहिन प्रयोग गरेको स्थानीयहरुले बताएका छन् । फुसको घरमा संचालनमा रहेको वडा कार्यालयको पक्की भवन निर्माण थालिएको छ, स्थानीय मनोज यादवले भने, भवन निर्माणमा ३ नम्बर ईटा, बलुवा गिट्टीको प्रयोग गर्नुको साथै सस्तो मुल्यका सिमेन्ट लगाएको छ, उनले थपे– पक्की भवन बनाउने भए दिगो, सुरक्षित र गुणस्तरीय बनाउनुपर्छ नि ? कर्मकाण्ड पु¥याएर बजेट सक्नु कतिको उचित होला ।

स्थानीयले वडा कार्यालय निर्माणमा व्यापक रुपले अनियमितता गरेको आरोप लगाएका छन् । १० लाखको लागतमा निर्माण शुरु भएको भवनमा कमसल निर्माण सामाग्री प्रयोग गरि कमाउने धन्दामा उपभोक्ता समिति, जनप्रतिनिधि र गाउँपालिकाका कर्मचारी लागेको स्थानीयहरुले जनाएका छन् ।

कार्यालय भवनको फाउण्डेशन निर्माणमै तीन नम्बर ईट्टासहित निर्माण सामाग्री लगाएका छन् स्थानीय केशव कुमार साहले भने, दुई तल्ला भवनको योजना रहेकाले गुणस्तरीय सामग्रीको प्रयोग भएमा मात्र सुरक्षित हुनसक्छ । सुरक्षित भवन निर्माण गर्ने भन्दा कमाउने धन्दामा उपभोक्ता समिति जनप्रतिनिधि र कर्मचारी लागेको उनको आरोप छ ।

तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष गोबिन्द यादवले निर्माणाधिन कार्यालयमा गुणस्तरहिन ईट्टाको प्रयोग भएको स्वीकार गरेका छन् । उनले तीन नम्बर ईटालाई छाटेर गाउँपालिकाले उपलब्ध गराएको ईस्टिमेट बमोजिम ईट्टा प्रयोग गर्ने बताए । अध्यक्ष यादवले गाउँपालिकाबाट प्राविधिक खटाई ईस्टिमेटमा उल्लेख भएको निर्माण सामाग्री प्रयोग गर्न उपभोक्तालाई निर्देशन दिईसकिएको जानकारी दिए ।

आर्थिक बर्ष २०७६÷०७७ मा शिलान्यास गरि शुरु भएको कार्यालय भवनमा यसअघि समेत कमसल सामाग्रीको प्रयोग गरिएको स्थानीयहरुले आरोप लगाउँदै आएका छन् । आफ्नै वडा कार्यालयमा ईट्टासहितका निर्माण सामाग्री गुणस्तरहिन प्रयोग गरेको भन्दै वडा अध्यक्ष यादवको सर्वत्र आलोचना हुँदै आएको छ ।

यता गाउँपालिकाका ईन्जिनियर भाष्कर सिंहले आफू जिल्ला बाहिर रहेकोले के कस्ता सामाग्रीको प्रयोग भएको हो आफुलाई जानकारी नभएको बताए । कति लागतमा भवन निर्माण भएको भनी बुभ्mन खोज्दा त्यसबारे आफुलाई जानकारी नभएकोले कार्यालयमा सम्पर्क गर्न भन्दै पन्छिन खोजे ।

गाउँपालिकाले वडा कार्यालय निर्माणलाई बहुबर्षिय योजनामा राखी प्रत्येक आर्थिक बर्षमा बजेट बिनियोजन गर्दै आएका छन् ।