Top_Header_Right_Add

कञ्चनरुप नगरपालिकाले पत्रकारलाई बितरण गरेको ल्यापटप फिर्ता लिन निर्देशन

कञ्चनरुप नगरपालिकाले पत्रकारलाई बितरण गरेको ल्यापटप फिर्ता लिन निर्देशन

न्यूज टुडे
राजबिराज, २९ भदौ ।
सप्तरीको कञ्चरुप नगरपालिकाले पत्रकारलाई बितरण गरेको ल्यापटप फिर्ता लिन महालेखा परीक्षक कार्यालयले निर्देशन दिएको छ । स्थानीय सरकार संचालन ऐना २०७४ बिपरीत पत्रकारलाई ल्यापटप बितरण गरेको भन्दै महालेखाले फिर्ता लिन निर्देशन दिएको हो ।

गत आर्थिक बर्ष २०७६÷०७७ मा कंचनरुप नगरपालिकाले स्थानीय ४ जना पत्रकारलाई ल्यापटप बितरण गरेका थिए । नगरपालिकाले प्रेस सल्लाहकार उत्तम आचार्य, उनका छोरा उत्सव आचार्य, पत्रकार डम्बर राई, अनिल पोखरेल र रेडियो जय मधेशका उमेश गुप्तालाई ल्यापटप बितरण गरेको जनाएको छ ।

पालिकाको सम्पत्ति बाहिर उपयोग गर्न दिन नमिल्ने हँुदा फिर्ता लिएर नगरपालिकाको आम्दानीमा बाँध्नुपर्ने महालेखा परीक्षकको कार्यालयको प्रतिबेदनमा उल्लेख गरेको छ । कानुनले तोकेको भन्दा बाहिर गएर नगरपालिकाले स्थानीय सरकार संचालन ऐना २०७४ को दफा ९७ को उपदफा १ मा उल्लेख भएबमोजिम सार्वजनिक तथा समुदायक सम्पत्ति बेचबिखन गर्न वा अरु कुनै ब्यहोराले हस्तान्तरण गर्न वा लिजमा दिन पाईदैन भनी उल्लेख भएको छ ।

कानुन बिपरीत नगरपालिकाले ल्यापटप बितरण गरेपनि कसैबाट अहिलेसम्म नगरपालिकाले फिर्ता लिएको छैन । गत आर्थिक बर्ष २०७६÷०७७ मा कञ्चरुप नगरपालिकाले जानकी ट्रेड्र्सबाट ४ थान एच.पी कम्पनीको ल्यापटप खरीद गरि स्थानीय ४ जना पत्रकारलाई बितरण गरेको थियो । प्रतिल्यापटप ६० हजार ९ सय ५० रुपैयाँको दरले २ लाख ४३ हजार ८ सयमा खरीद गरि बितरण गरिएको उक्त ल्यापटप खरीद रकम महालेखा परीक्षक कार्यालयले बेरुजु ठहर गर्दै २ लाख ४३ हजार ८ सय रुपैयाँ नगरपालिकाको आम्दानीमा बाँध्नु भनी महालेखा परीक्षक कार्यालयको प्रतिबेदनमा जनाएको छ ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

News Portal Web design in Saptari Offer