• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

स्वच्छता अभियानको होर्डिङ बोर्ड हटाउनेमाथि कडा कारबाहीको माग

स्वच्छता अभियानको होर्डिङ बोर्ड हटाउनेमाथि कडा कारबाहीको माग

न्यूज टुडे
राजबिराज, २९ भदौ ।
जनता समाजवादी पार्टी निकट समाजवादी युवासंघ सप्तरीले मुख्यमन्त्री स्वच्छता अभियानको होर्डिङ बोर्ड हटाउने ब्यक्तिमाथि कडा कारबाही गर्न माग गरेको छ । जनता समाजवादी यूवासंघ सप्तरीद्वारा मंगलबार एक प्रेस बिज्ञप्ति जारी गर्दै मुख्यमन्त्री लालबाबु राउतको तस्वीर अंकित स्वच्छता अभियानको होर्डिङ बोर्ड हटाउनमा संलग्नहरुलाई कडा कारबाहीको माग गरेको हो ।

यूवा संघद्वा जारी प्रेस बिज्ञप्तिमा जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकाको कंकालिनी मन्दिरको प्राङ्गणमा प्रदेश नम्बर २ को मुख्यमन्त्री लालबाबु राउतको तस्वीर अंकित स्वच्छता अभियानको होर्डिङ बोर्ड हटाएको भन्दै सो कार्यको घोर भत्सर्ना गरेको छ ।

सोमबार साँझ होर्डिङ बोर्ड हटाइएकोको घटनाप्रति युवासंघले निन्दा व्यक्त गर्दै प्रहरीद्वारा पक्राउ गरेकाहरुलाई कडा कारबाहीको माग गरेको छ । मुख्यमन्त्री कुनै जात बिशेषको होईन र हँुदैन पनि यूवा संघ सप्तरीका सचिब केदार प्रसाद यादवद्वारा जारी प्रेस बिज्ञप्तिमा भनिएको छ, त्यो कुरा सबैले जाने बुझेकै छ बिज्ञप्तिमा अगाडि भनिएको छ– त्यस्ता निन्दनीय गतिविधिहरु गर्ने कार्यको जनता समाजबादी यूवा संघ सप्तरी घोर भत्सर्ना गर्दछ ।

उछ«ंखल गतिविधि गर्ने उपर प्रचलित कानुन मबोजिम कडा भन्दा कडा कारबाही हुनुपर्छ सथै यस्ता क्रियाकलापहरु गर्न नगाराउन अनुरोध गर्दछौं जनता समाजवादी पार्टी यूवा संघ सप्तरीद्वारा जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ । मुख्यमन्त्री स्वच्छता अभियानको होर्डिङ बोर्ड हटाउने राष्ट्रिय एकता अभियानकी उपाध्यक्ष सुनिता साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साह जिल्ला प्रहरी कार्यालय सप्तरीको हिरासतमा छिन् ।