Top_Header_Right_Add

सप्तरीमा नगद २ लाखसहित तीन जना युवक प्रहरी नियन्त्रणमा

सप्तरीमा नगद २ लाखसहित तीन जना युवक प्रहरी नियन्त्रणमा

न्यूज टुडे
राजबिराज, २९ भदौ ।
सप्तरी प्रहरीद्वारा सोमबार नगद २ लाखसहित ३ जना युवकलाई पक्राउ गरेको छ । तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर ७ का ४० बर्षीय राज कुमार मण्डल, महादेवा गाउँपालिका ६ का ३२ बर्षीय प्रबिण मण्डल र हनुमान नगर कंकालिनी नगरपालिका ६ का २७ बर्षीय संतोष मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर ८ सडेपारको नहरस्थित बिश्वकर्मा चौकमा लागुऔषधको कारोबार भइरहेको स्थानीयले सूचना दिएपछि उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरी जानाएको छ । स्थानीयले जानकारी गराए अनुसार लागुऔषध ओसारपसार गरेको आशंका लागेर चेक जाँच गर्दा उनीहरुको साथबाट नगद २ लाख र केहि केमिकल जस्तो देखिने ३ वटा शिशी बरामद् भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

बरामद् नगद कुन प्रयोजनका लागि हो भनी नखुलेकाले उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको सप्तरीका प्रहरी प्रबक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले बताए । पक्राउ परेका तीनै जाना जिल्ला प्रहरी कार्यालय सप्तरीको हिरासतमा रहेको प्रहरी नायव उपरीक्षक काफ्लेले जानकारी दिए ।

यता बिनासितै प्रहरीले फँसाउन खोजेको पक्राउ परेका युवकका आफन्तहरुले आरोप लगाएका छन् । गाउँका केही मानिसले ब्यक्तिगत रिसिबी साध्न प्रहरीलाई गलत सूचना गराएको भरमा नियन्त्रणमा लिएर प्रहरीले दुःख दिएको भन्दै उनीहरुले गुनासो गरेका छन् ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

News Portal Web design in Saptari Offer