• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

मुख्यमन्त्रीको होडिङ्ग बोर्ड जलाउने साह पक्राउ

मुख्यमन्त्रीको होडिङ्ग बोर्ड जलाउने साह पक्राउ

न्यूज टुडे
राजबिराज, २९ भदौ ।
सप्तरीमा मुख्यमन्त्री स्वच्छता अभियानको होर्डिङ बोर्ड हटाउने राष्ट्रिय एकता अभियानकी उपाध्यक्ष सुनिता साह पक्राउ परेकी छन् । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकास्थित हनुमान मन्दिर प्रांगणमा मुख्यमन्त्री स्वच्छता अभियानको होर्डिङ बोर्ड जलाएको आरोपमा सोमबार साँझ साहलाई पक्राउ गरेको हो ।

साहले मुख्यमन्त्री लालबाबु राउतको तस्विरसहितको स्वच्छता अभियानको होर्डिङ बोर्ड हटाएर जलाएकाले पक्राउ गरेको प्रहरीले जनाएको छ । स्वच्छता अभियानको बोर्ड जलाएको खबर पाउन साथ प्रहरी पुगेर उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

पक्राउ परेकी साहलाई जिल्ला प्रहरी कार्यालय सप्तरीको हिरासतमा राखी कारबाही प्रक्रिया अगाडि बढाएको सप्तरीका प्रहरी प्रबक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले बताए । साहलाई उजुरीको आधारमा कानुनी कारबाही गर्ने उनले बताए । हामीले दुबैक्षलाई बोलाएका छौं डिएसपी काफ्लेले भने, छलफलपछि छोड्ने वा कानुनी कारबाही अगाडि बढाउने त्यसपछि थाहा हुन्छ ।

एक महिना अगाडि जानकी मन्दिरको छेउमा लगाएको मुख्यमन्त्री स्वच्छता अभियानको होर्डिङ बोर्ड जनकपुरका युवाहरूले हटाएका थिए । वोर्ड हटाइएको विरुद्धमा जनता समाजवादी पार्टी निकट समाजवादी युवा संघ प्रदेश २ ले प्रेस बिज्ञप्ति जारी गर्दै आपत्ति जनाएका थिए ।

धर्मिक तथा सम्प्रदायिक सद्भावमा खलल आउने गरि मुख्यमन्त्रीको तस्वीरसहितको स्वच्छता अभियानको होर्डिङ बोर्ड हटाएको भन्दै जारी प्रेस बिज्ञप्तिमा कडा शब्दमा बिरोध जनाएको थियोे ।