Top_Header_Right_Add

नेपालमा बालअधिकार प्रबद्र्धनका प्रयास र उपलब्धि सकारात्मक

नेपालमा बालअधिकार प्रबद्र्धनका प्रयास र उपलब्धि सकारात्मक

न्यूज टुडे
राजबिराज, २९ भदौ ।
मेरिल्याण्ड कलेजका फाउण्डर सदस्य प्रदिप भगतले नेपालमा बालबालिकाको हक, अधिकार प्रबद्र्धनका प्रयास र उपलब्धिहरु सकारात्मक देखिएको बताएका छन् । ५७ औं राष्ट्रिय बाल दिवसको अबसरमा मंगलबार कलेजमा आयोजित कार्यक्रममा बिद्यार्थी माझ बोल्दै उनले यस्तो बिचार व्यक्त गरेका हुन् ।

यसबर्ष सामान्य अबस्था वा कोभिड १९ महामारीले बालअधिकार संरक्षणमा हामी सबैको जिम्मेवारी भन्ने मूल नारासहित बाल दिवस मनाईदैछ, भगतले भने, दश बर्षे जनयुद्ध भूकम्प, नाकाबन्दी कोरोना महामारी र बालअधिकार सम्बन्धि बनेका कानुनको फित्तलो कार्यान्वयनले सोचे जति उपलब्धि हासिल गर्न सकिएन तर पनि यस क्षेत्रका लागि राम्रो कार्ययोजना बनेकाले बालअधिकार सुनिश्चितताको प्रयास र उपलब्धि सकारात्मक छ ।

महामारीले विश्व प्रभावित हुँदा बालबालिका बढि पीडित भएको उल्लेख गर्दै उनले बालबालिकाको स्वास्थ्य, शिक्षालगायतका हक अधिकारको प्रबद्र्धनमा थप मिहिनेत र ऐक्यवद्धताको खाचो औलाए । नेपालले बालअधिकार सम्बन्धि महासन्धि १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको बिकास बालअधिकारको संरक्षण र बालसहभागिता जस्ता बिषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिबद्धता प्रकट गरि पक्ष राष्ट्र भएको अबसरमा नेपालमा हरेक बर्ष भदौ २९ गते राष्ट्रिय बालदिवस मनाउँदै आएको छ ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

News Portal Web design in Saptari Offer