Top_Header_Right_Add

संसदको अबरोध

संसदको अबरोध

प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले) को अबरोधका कारण विगत केही दिनदेखि प्रतिनिधिसभा चल्न सकिरहेको छैन । सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै एमालेका सांसदहरुले लगातार रोष्टम अगाडि उभिएर गर्दै आएको नारावाजीका कारण सहज ढंगबाट संसद चल्न नसकेको हो ।

प्रतिनिधिसभामा छलफलका बिभिन्न विषयहरु रहेका भएपनि अबरोधका कारणले तिनका बारेमा छलफल हुन नसकेपछि समय खेर गईरहेको छ । अहिलेको असहजता हटाएर स्थिति सामान्य बनाउनकालागि कतैबाट पनि पहल नभईरहेका कारण यस्तो अवस्था कति दिन लम्बिने हो भन्न सकिन्न ।

सत्तापक्ष र प्रमुख प्रतिपक्ष अहिले स्थितिलाई सहज बनाउनेतिर भन्दा पनि एक अर्कामाथि दोष लगाउँदै वक्तव्यवाजीतिर बढी लागेको देखिँदैछ । दुवै पक्षले एक अर्कामाथि दोषारोपण मात्र गरिरहने हो भने यसले समस्याको निकास निस्कन सक्दैन । जनताका प्रतिनिधि रहेको सर्बोच्च संस्था संसदलाई लामो समय अनिर्णयको बन्दी बनाई राख्नु कुनै पनि दृष्टिकोणबाट उपयुक्त होईन । अवस्था यस्तै रहिरहे संसदीय व्यवस्थामाथि नै प्रश्न नउठ्ला भन्न सकिन्न ।

अहिलेको असहज अवस्थालाई सामान्य तुल्याउनकालागि फेरि पनि वार्ता र छलफल नै एक मात्र उपाय रहेकोले राजनीतिक दलहरुले जिम्मेवारी बोधका साथ बार्ताबाटै समस्याको निकास तर्फ जुट्न जरुरी छ । आपसका विवाद तथा असहमतिलाई वार्ता र छलफलमा बसेर निकास दिनकालागि सत्तापक्ष तथा प्रतिपक्ष दुवैले वार्तामा तत्परता देखाउनु नै समस्या समाधानको उपाय हुन सक्दछ ।

अतः कहाँनिर चुक भएको छ भन्ने यकीनकालागि पनि वार्ताको विकल्प नरहेका कारण आपसका विवादलाई तत्काल थाँति राखेर भएपनि वार्तामा बस्न जरुरी छ । दलहरुको आपसी मतमतान्तरका कारण लोकतन्त्र नै हार्ने अवस्था आयो भने त्यो भन्दा ठूलो दुर्भाग्य के होला ?

Classified Saptari Buy and Sell in Saptari

About The Author

News Portal Web design in Saptari Offer