Top_Header_Right_Add

अग्निसाईर कृष्णासवरन गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता लिन सास्ती

अग्निसाईर कृष्णासवरन गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता लिन सास्ती

शम्भु चौधरी
अग्निसाईर कृष्णासवरन, १७ साउन ।
सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता लिन सेवाग्राहीहरुले सास्ती खेप्नु परेको छ । सामाजिक सुरक्षा भत्ता बितरणमा बैंकिङ्ग प्रणाली लागु भएपछि सेवाग्राहीहरुले सास्ती खेप्न परेको हो ।

सामाजिक सुरक्षा भत्ता लिन बैंकमा बिहानदेखि साँझसम्म लाईन लाग्दा समेत पाउन नसकेको सेवाग्राहीहरुले गुनासो गरेका छन् । माछापुच्छ्रे बैंक महुलीमा भत्ता बुझ्न पुगेका सेवाग्राहीहरु दिनभर तातो घाममा लाईनमा बसेर रित्तो हात फर्कनु परेको बताउँछन् । बिहानैदेखि लाईनमा छु जेष्ठ नागरिक रामबती थरुनीले भने, अहिलेसम्म बैंक भित्र जान सकेको छुईन, कसरी भत्ता बुझ्नु हो दिक्क भए ।

यसैगरी अर्का जेष्ठ नागरिक चिनियाँलाल चौधरीले दुई दिनसम्म बैंक धाउँदा समेत भत्ता उपलब्ध हुन नसकेको बताए । तातो घाममा उभिदा पासिनाले नुहाउनुपर्छ उनले भने, घरबाट भत्ता बुझ्नु आएको मान्छे घरपुग्दा बिमारी भईन्छ । एकल महिला थकनी चौधरीले भत्ताको पैसाले बालबालिकालाई खानेकुरा जोहो होला भनेर आशा गरेपनि ६ महिनादेखि नपाउँदा पाईएला भनी आशै मरेको बताईन् । कमाउने नभएपछि बनिबुतो गरेको पैसा र भत्ताले छोराछोरीलाई खाना र पढाई खर्च जुटाउने गरेपनि भत्ता ढिलो आउँदा समस्या हुने गरेको उनले दुखेसो सुनाईन् । कमाई गरेर परिवार पान्लु पर्ने मान्छे तीन दिन सम्म बैंकमा धाउदा समेत भत्ता पाउन नसकेको उनले जानकारी दिए ।

गाउँपालिकाले माछापुच्छ«्रे बैंकसँग सहकार्य गरि सामाजिक सुरक्षा भत्ता बितरण गर्दै आएको छ । बैंकको ढिलासुस्तीले जेष्ठ नागरिक, फरक क्षमता भएका ब्यक्तिहरुले भत्ता लिन ठूलो सास्ती खेप्नु परेको स्थानीयले जनाएका छन् ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

News Portal Web design in Saptari Offer