• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

सप्तरीमा पुर्व राजपाको भेला सम्पन्न, संगठन ब्यबस्थापन गर्न एकजुट हुनुपर्नेमा जोड

सप्तरीमा पुर्व राजपाको भेला सम्पन्न, संगठन ब्यबस्थापन गर्न एकजुट हुनुपर्नेमा जोड

राजविराज ।
सप्तरीका पूर्व राजपाका नेता तथा कार्यकर्ताको भेला राजबिराजमा शनिबार सम्पन्न भएका छन् । जिल्ला समवन्य समितिको सभाहलमा आयोजित भेलाले संगठनलाई ब्यबस्थापन गर्न एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।

भेलामा पूर्व राजपा केन्द्रीय सदस्य दिपेन्द्र चौधरीले तत्कालिन राजपा नेपालले समाजवादी फोरमसँग एकता गरेर जसपा बनाउनु ठुलो गल्ति भएकोले मधेश मुक्तीआन्दोलन लाई महन्थ ठाकुर र राजेन्द्र महतो समुहले मात्र मधेशको अधिकार दिलाउन सक्ने जिकिर गरे ।

यसैगरी बैठकमा अर्का केन्द्रीय सदस्य दिनेश यादबले जसपाका अध्यक्ष उपेन्द्र यादबले एकात्मक सोच र ब्यक्तिगत राजनीति स्वार्थका कारण पार्टी फुटको संघारमा गएकोले टिप्पणी गरे ।

यसैगरी पूर्व राजपा केन्द्रीय सदस्य तथा राजबिराज नगरपालिका उपप्रमुख साधना झाले महन्थ ठाकुर जस्तो त्यागी नेतालाई बदनामी गर्ने केही नेतृत्व गर्नेहरूले जसपा पार्टी कब्जा गर्न खोजेको आरोप लगाएकी छिन् । उनले भने अहिले पनि जिल्लाका नेता तथा कार्यकर्ताहरू एकरति पनि बिचलित नभएको र मधेशको मुद्दा प्रति एकजुट भएकोले मधेशको अधिकारको लागि अगुवाई गर्नेसँग रहेकोले बताए ।

सो भेलाले पूर्व राजपा नेपालका नेतृत्व वर्गलाई जिल्ला तथा गाउँस्तरदेखि नगरपालिकासम्म संगठन बिस्तार गर्न अभिलम्ब बिस्तारित बैठक तोक्न आग्रह गर्ने बैठकले निर्णय गरेको युवा नेता शंभु यादबले बताए ।

यसैगरी बैठकमा तिलाठी कोईलाडी गाउँपालिका अध्यक्ष सतिश सिंह, केन्द्रीय सदस्य राजेन्द्र प्रसाद यादब, हरेकृषण प्रसाद सिँह, रामप्रित यादब, सुनिल झा, अमरनाथ मण्डल, बिशेश्वर रजक, जागेश्वर राय, बिनोद यादब, कुमरनाथ मिश्र, बिजय यादब, जयनारायण यादब, पुनम यादबलगायत नेता तथा कार्यकर्ताले बोलेका थिए । साभार ः सत्यापन