Top_Header_Right_Add

राजबिराज बसपार्क निर्माण कार्य अधुरै, सरोकारवाला मौन

राजबिराज बसपार्क निर्माण कार्य अधुरै, सरोकारवाला मौन

न्यूज टुडे
राजबिराज, १५ असार ।
सप्तरी सदरमुकाम राजबिराजमा निर्माणधिन बसपार्क निर्माण थालिएको ३४ बर्ष पुग्दा समेत अधुरै रहेका छन् । पटक–पटक शिलान्यास गरि निर्माणाधीन बसपार्क सरोकारवालाको उदासिन्ताले निर्माण कार्य अधुरै रहेका हुन् ।

बसपार्क निर्माणको काम ठेगेदार कम्पनीको लापरबाहीले अलपत्र छोड्दा समेत सरोकारवाला निकाय भने मौन देखिएका छन् । २०७४ सालमा चौथो पटक सहरी बिकास मन्त्रालयको सचिब दिपेन्द्र नाथ शर्मा र राजबिराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवले संयुक्त रुपमा शिलान्यास गरि निर्माण कार्यलाई पुनः संचालनमा आएपनि निर्माण कम्पनीले समयमा काम नसक्दा बसपार्क निर्माण अधुरो रहेको स्थानीयले बताएका छन् ।

१६ करोड ३८ लाख ९६ हजार ५ सय १९ रुपैया काम गर्ने ठेक्का पाएका काठमाडौ कुलेश्वरस्थित सिनर्जी बिल्डर्स प्रालीले समयमा काम नसकी अलपत्र छाडेको स्थानीयहरुले बताएका छन् । सघन सहरी बिकास तथा भबन निर्माण आयोजना राजबिराज र निर्माण कम्पनी बीच ४ बर्षमा काम सक्ने गरि सम्झौता भएको थियो । २०७४ पुस १६ गते सम्म्झौता गरेको निर्माण कम्पनीले २०७७ पुस १८ गते भित्र बसपार्क निर्माण गरिसक्नुपर्ने थियो । निर्माण कम्पनीले ७० प्रतिशत मात्र काम गरेर छोड्दा समेत सरोकारवाला भने मौन छन् ।

सघन शहरी तथा भवन निर्माण आयोजना राजबिराजका निमित्त प्रमुख सुरेन्द्र कुमार साहले निर्माण कम्पनीको ढिलासुस्तीका कारण तोकिएको समय सीमाभित्र बसपार्क निर्माण हुन नसएको बताए । कोरोना र ठेगेदारलाई दोष दिदै प्रमुख साह जिम्मेवारीबाट पन्छिन खोजेको छ । ठेगेदाराको ढिलासुस्तीले नै समयमा काम गर्न सकिएन निमित्त प्रमुख साहले भने, केही कोरोनाले पनि काम प्रभावित पारेकै हो । बसपार्कलाई पूर्णता दिने प्रयास भईरहेको बताउँदै उनले म्याद थपेर काम गर्ने प्रयास भईरहेको बताए ।

बसपार्कको २०४४ सालमा तत्कालीन प्रधानमन्त्री मरिचमान सिंहले पहिलो पटक बसपार्कको शिलान्यास गरेका थिए । त्यसपछि ०४६ सालमा तत्कालीन अञ्चलाधीश सुर्य बहादुर सेन ओली, २०५२ मा तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवाले तेस्रो पटक शिलान्यास गरेका थिए । पटक–पटक शिलान्यास गरि काम गरिएता पनि सरोकारवाला निकायहरुको उदासिन्ताका कारण बसपार्क निर्माणको काम अझै अधुरै रहेका छन् ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

News Portal Web design in Saptari Offer