• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

रायपुरमा पोखरीमा डुबेर ५ बर्षीय बालकको मृत्यु

रायपुरमा पोखरीमा डुबेर ५ बर्षीय बालकको मृत्यु

न्यूज टुडे
राजबिराज, १५ साउन ।
सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर १ स्थित रायपुरमा शुक्रबार पोखरीमा डुबेर एक ५ बर्षीय बालकको मृत्यु भएको छ । पोखरामा नुहाउने क्रममा स्थानीय अबधि राय यादवको छोरा युवराज यादवको पोखरीमा डुबेर मृत्यु भएको हो ।

साथीहरुसँग पोखरी पुगेका यादव नुहाउन खोज्दा पोखरीमा डुबेका थिए । यादव पोखरीमा डुबेपछि उनीसँगै गएका साथीहरुले घरमा गएर खबर गरेका स्थानीयले बताएका छन् । बालकलाई स्थानीयको सहयोगमा प्रहरीले उद्धार गरि उपचारका लागि रायपुरस्थित युनिक अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक बालकको शव परीक्षणका लागि गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । बालकको शवको पोष्टमार्टम गरि परिवाजनको जिम्मा लगाएको तथा घटनाबारे अनुसान्धन भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रबक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।