Top_Header_Right_Add

नियति बन्दै रुपनी सडक

नियति बन्दै रुपनी सडक

राजविराज रुपनी सडकलाई हरेक वर्ष जसो बजेट खर्च गराउने सडकका रुपमा लिईन्छ । टिकाऊ रुपमा सडक निर्माण गर्नु भन्दा पनि आर्थिक वर्ष सकिने बेलामा ग्राभेल छरछार गरेर बजेट खपत गराउने माध्यमका रुपमा यसको प्रयोग हुँदै आएको छ ।

वर्षभरि जसो जनताले कष्टप्रद तथा जोखमी यात्रा गरे पनि असार मसान्त आउनुभन्दा केही दिन अघि सडकको दुबै किनारामा ग्राभेल छरछार पारी बजेट तयार गर्ने परिपाटीका कारण अति व्यस्त रहने गरेको यस सडकमा पटक पटक दुर्घटना पनि हुँदै आएको छ । अहिले पनि वर्षायाममा सडक मर्मतकालागि भनेर काम थालिएको भए पनि लथालिंग अवस्थामा छाडिएका कारण यात्रुलाई सकस भईरहेको छ । भारी सबारी साधन सडकमै भासिएर फँस्ने गरेका छन् ।

सडक निर्माणको जिम्मेवारी लिएको निकायबाट भएको ढिलासुस्तीका कारणले सडकको दुराबस्थाको शिकार चाहिँ यात्रुले बन्नु परिरहेको छ । वर्षायाममा काम थालेपछि त्यसलाई चाँडो चाँडो सकाउनेतिर ध्यान नदिएका कारण यस्तो अवस्था आएकोमा शंका मान्नु पर्दैन । समयमा काम सकिदिएको भए जनताले यस्तोबिधि सास्ती भोग्नु पर्ने थिएन । हरेक वर्ष जसो ग्राभेल छरेकै भरमा जसोतसो चल्दै आएको यो सडक जिल्लाको सदरमुकामसित जोडिएको संरचना हो । यस कारणले यो सडक अति व्यस्त पनि रहने गरेको छ ।

विकासका कुरा गर्दा सडकको अवस्था कस्तो छ भन्ने कुरालाई प्राथमिकताका साथ हेर्ने गरिन्छ । तर सप्तरी सदरमुकामलाई जोड्ने सडककै हालत यस्तो बिग्रेको छ भने अन्यको अनुमान सजिलै गर्न गाह्रो नपर्ला । अहिले जनताले यस सडकको बेहाल अवस्थाका कारण सास्ती भोग्नु परिरहेको छ । सरोकारवाला निकायले यसका बारेमा चासो लिन जरुरी छ ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

News Portal Web design in Saptari Offer