• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

राजबिराज नगरपालिकाका जनप्रतिनिधिको दुई महिनाको भत्ता साढे छबिस लाख

राजबिराज नगरपालिकाका जनप्रतिनिधिको दुई महिनाको भत्ता साढे छबिस लाख

न्यूज टुडे
राजबिराज, १४ साउन ।
सप्तरीको राजबिराज नगरपालिकाका जनप्रतिनिधिले २ महिनामा साढे २६ लाख भत्ता बुझेको पाईएका छन् । नगरपालिकाको तथ्यांकअनुसार गत चैत र बैशाख महिनामा जनप्रतिनिधिहरुले सुबिधा र भत्ताबापत २६ लाख ५० हजार २ सय ३० रुपैयाँ बुझेको पाईका हुन् ।

राजबिराज नगरपालिकामा नगरप्रमुखले भन्दा उप–प्रमुखले सुबिधा र भत्ता बुझ्नेमा अगाडि देखिएकी छिन् । नगर प्रमुख शम्भु प्रसाद यादवले ६६ हजार ३ सय ३० रुपैया बुझेका छन् भने उप–प्रमुख साधाना झाले ६७ हजार ३ सय बीस रुपैया बुझेका छन्  । यसैगरी वडा नम्बर १ का अध्यक्ष चन्द्रशेखर चौधरीले ३३ हजार ६ सय ६०, २ का वडा अध्यक्ष अरुण कुमार यादवले ५४ हजार ४ सय पचास, २ का अध्यक्ष सुदर्शन प्रसाद सिंहले ३३ हजार ६ सय साठी, ४ का अध्यक्ष अख्तर अलि मियाँले ३३ हजार ६ सय साठी, ५ का अध्यक्ष समीर झाले ३३ हजार ६ सय ६०, ६ का अध्यक्ष प्रेम कुमार यादवले ३३ हजर ६ सय साठी रुपैया बुझेका छन् ।

यसैगरी ७ का वडा अध्यक्ष मागिलाल नाईले ४७ हजार ७ सय बिस, ८ का अध्यक्ष जय नारायण मण्डलले ४७ हजार ५ सय बिस, ९ का शम्भु प्रसाद यादवले ४२ हजार ५ सय सत्तरी, १० का अध्यक्ष सुनिल कुमार दासले ३३ हजर ६ सय साठी, ११ का अध्यक्ष संजय कुमार यादवले ३३ हजार ६ सय साठी, १२ का अध्यक्ष हरिहर यादवले ३३ हजार ६ सय साठी, १३ का अध्यक्ष राजेन्द्र प्रसाद यादवले ४७ हजार ५ सय बीस, १४ का अध्यक्ष शोभा लाल मण्डलले ३३ हजार ६ सय साठी, १५ का अध्यक्ष राम प्रसाद यादवले ३३ हजार ६ सय साठी, १६ का अध्यक्ष बुचाई दासले ३३ हजार ६ सय साठी रुपैयाँ बुझेका छन् ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन कुमार थापाले प्रदेश सरकारले तोकेको सुबिधा र भत्ता जनप्रतिनिधिहरुले पाएको बताए । जनप्रतिनिधिहरुले अतिथि सत्कार, पत्रपत्रिका खर्चबापत सुबिधा र भत्ता बुझेको उनले जानकारी दिए ।