Top_Header_Right_Add

तिलाठी–कोईलाडी गाउँपालिकामा गर्भवती तथा सुत्केरीलाई पोषण सामाग्री बितरण

तिलाठी–कोईलाडी गाउँपालिकामा गर्भवती तथा सुत्केरीलाई पोषण सामाग्री बितरण

न्युज टुडे
राजबिराज, ०७ साउन ।
सप्तरीको तिलाठी–कोईलाडी गाउँपालिका ६ बभनगामामा बिहीबार गर्भवती तथा सुत्केरी भएका महिलालाई पोषण सामाग्री बितरण गरिएको छ । तिलाठी–कोईलाडी गाउँपालिका ६ नम्बर वडा कार्यालयले पोषण सामाग्री बितरण गरेको हो ।

साबिक को. मधेपुरा गाबिसको वडा नम्बर १, २, ३, ८, ९ का प्रत्येक गाउँबाट ८ जना गर्भवती, सुत्केरी, कुपोषित बालबालिका तथा महिलाहरुलाई पोषण सामाग्री बितरण गरेको महिला स्वास्थ्य स्वायमसेबिका रुबि देवि सिहले बताए । वडा नम्बर ६ का वडा अध्यक्ष गोबिन यादवले पोषण सामाग्री बितरणमा कसैलाई काखापाखा नगरी स्वास्थ्य स्वायमसेबिकासँग सहकार्य गरि छनौट गरेको जानकारी दिए ।

पोषण सामाग्रीमा चामल १० किलो, गहुँको पिठो २ किलो, चना दाल २ किलो, खाने तेल १ लिटर, नुन १ किलो, घिउ १ किलो, हात धुने साबुन २ थान, पोसिलो पिठो २ पोका, कपडा झोला १ थान स्यानेटाईजर १ थान लिटो दुई थानको दरले बितरण गरेको वडा अध्यक्ष यादवले जानकारी दिए ।

पोषण सामाग्री बितरण गर्दा आफ्ना मान्छे, नातागोता र आसेपासेलाई मात्र बितरण गरेको स्थानीय देवकी मण्डलले आरोप लगाईन् । मेरो छोरा कुपोषित रहेको छ, मण्डलले भनिन्, तर अहिलेसम्म मेरो छोराले कतैबाट सुबिधा पाउन सकेको छैन ।

वडा अध्यक्ष यादवले कसैलाई काखापाखा नगरेको बताए । उनले कसैको नाम छनौटमा नपरेको भए अर्को चरण बाँडिने बताए ।
तिलाठी–कोईलाडी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख शैलेश झाले गाउँपालिकको निर्णय अनुसार प्रत्येक वडाका ४० जना गर्भवती तथा सुत्केरी र कुपोषण भएका बालबालिकालाई पोषण सामाग्री बितरण गरिएको जानकारी दिए ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

News Portal Web design in Saptari Offer