• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

राज्यमन्त्री कर्णद्वारा सहिदको सालिकमा माल्यार्पण

राज्यमन्त्री कर्णद्वारा सहिदको सालिकमा माल्यार्पण

न्युज टुडे
राजबिराज, ०६ असार ।
प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा संचार राज्य मन्त्री रुबी कुमारी कर्णले जनयुद्धका सहिदहरुको सालिकमा माल्यार्पण गरेकी छिन् । मन्त्री भएपछि पहिलो पटक गृहजिल्ला सप्तरी आएकी उनले बुधबार सहिद वेदप्रसाद भट्टराई र गोबिन्द चौधरी (दिपु)को सालिकमा माल्यार्पण गरेकी हुन् ।

मन्त्री कर्णले सहिदको नाममा सपथ लिएसँगै पहिलो पटक औपचारिक कार्यक्रममार्फत सहिद भट्टराई र चौधरी सालिकमा माल्यार्पण गरिन् । सप्तरीको सुरुङ्गा नगरपालिकामा रहेको सहिद भट्टराई र शम्भुनाथ नगरपालिका २ खोक्सारमा रहेको सहिद चौधरीको सालिकमा मन्त्री कर्णले माल्यार्पण गरेकी थिईन् । सहिदको सालिकमा माल्यार्पण गर्दै मन्त्री कर्णले राज्यले सम्मान स्वरुप देशका सम्पूर्ण आन्दोलनका सहिदलाई सम्मान गर्नुपर्ने बताईन् ।

देश र जनताको अधिकार सुनिश्चितताको लागि बलिदानी गरेको सहिदको सपनालाई साकार पार्न प्रदेश सरकार प्रतिबद्ध रहेको उनले बिश्वास व्यक्त गरिन् । कार्यक्रममा नेकपा माओबादी केन्द्र सप्तरीका अध्यक्ष एबम् पूर्व सिंचाई मन्त्री उमेश कुमार यादव, नेता यम बहादुर खपाङ्गी मगर, जय प्रकाश चौधरी, दिलिप यादव, देव नारायण प्रणामी, शिव नारायण चौधरी, अनिल कुमार भगत, चतुर चौधरी अर्जुन खपाङ्गी मगर लगायतका नेताकार्यकर्ताहरुको उपस्थिति रहेको माओबादी केन्द्र सप्तरीले जनाएको छ ।