• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

सप्तरीमा श्रवण देवको संयोजकत्वमा मानवअधिकारको सम्मानका लागि समिति गठन

सप्तरीमा श्रवण देवको संयोजकत्वमा मानवअधिकारको सम्मानका लागि समिति गठन

न्यूज टुडे
राजविराज, ०६ साउन ।
बन्दाबन्दीको समयमा मानवअधिकारको सम्मान, प्रवद्र्धन, संरक्षण र प्रत्याभूति गर्ने उद्देश्यले सप्तरीमा समिति गठन गरिएको छ । राष्ट्रिय मानवअधिकार आयोगको पहलमा बुधबार राजविराजस्थित नेपाल पत्रकार महासंघको सभाहलमा बसेको एक बैठकले समिति गठन गरिएको हो ।

राष्ट्रिय मानवअधिकार आयोगको ऐन, २०६८ को दफा १८ र ३२ (२) अनुसार जारी गरिएको कार्यविधि बमोजिम समिति गठन गरिएको आयोगका प्रदेश २ प्रम्ुख बिरबहादुर बुढा मगरले बताए ।

नेपाल पत्रकार महासंघ, सप्तरीका अध्यक्ष श्रवणकुमार देवको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिमा उच्च बार इकाईका अध्यक्ष भरत यादव, गैर सरकारी संस्था महासंघका कार्यबाहक अध्यक्ष बलदेव मण्डल, दलित गैर सरकारी संस्था महासंघका अध्यक्ष बौवा लाल शर्मा सदस्य छन् ।

यस्तै, एकल महिला समूहकी अध्यक्ष अनिता देबकोटा, अपांग महासंघका रामचन्द्र यादव, सेभ द सप्तरीका नरेन्द्र यादव, आदिवासी जनजाती पत्रकार महासंघ सप्तरीका अध्यक्ष प्रियासिंह थारु र सामाजिक अभियन्ता सुनिता साहलाई पनि सदस्यमा चयन गरिएको छ ।

कोरोनाबाट उत्पन्न बर्तमान जटिल परिस्थितिमा मानव अधिकारको अवस्था अनुगमन गर्न राष्ट्रिय मानवअधिकार आयोग, नेपाल बार एशोसिएशन, नेपाल पत्रकार महासंघ र गैर सरकारी संस्था महासंघ, नेपाल चिकित्सक संघ था मानवअधिकार क्षेत्रमा क्रियाशिल अन्य पेशागत र बिषयगत महासंघ तथा संजालका प्रतिनिधी सम्मिलित मानव अधिकार संरक्षण समूहको गठन गरी सहकार्यलाई अझ व्यवस्थित गर्न तथा बन्दाबन्दीमा समयमा पनि मानवअधिकारको सम्मान, प्रवद्र्धन, संरक्षण र प्रत्याभूतिका उद्देश्यले राष्ट्रिय मानवअधिकार आयोगको ऐन अनुसार समिति बनाइएको हो ।

बैठकमा आयोगका प्रदेश प्रमुख मगर, मानवअधिकार अधिकृत मनमाया राणा मगर, गैसस महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष ध्रुब देवसहितको उपस्थिति रहेको थियो ।