• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

कृषि मन्त्री साहले दिए बकर ईदको शुभकामना

कृषि मन्त्री साहले दिए बकर ईदको शुभकामना

न्युज टुडे
राजबिराज, ०६ साउन ।
प्रदेश नम्बर २ का भूमी ब्यबस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले ईस्लाम धर्मावलम्बीको पबित्र महान पर्व बकर इदको शुभकामना व्यक्त गरेका छन् । मन्त्री साहले बुधबार इदको अबसरमा एक शुभकामना संदेश जारी गर्दै बकर इदको शुभकामना व्यक्त गरेका हुन् ।

मन्त्री साहले बकर इदको अबसरमा जारी गरेको शुभकामना संदेशमा इद पर्वले मुलुकमा भाइचारा, सुख शान्ति अभिबृद्धि हुने तथा नेपाली जनता बीच एकता बढाउने बिश्वास गरिएको छ । कोरोना महामारीले बिश्वालाई आक्रान्त बनाएको अबस्थामा मनाईएको यो पर्वले बिश्वलाई कोरोनाबाट मुक्ति दिलाओस भनी कामाना समेत गरिएको छ ।

मन्त्री साहले बर्तमन महामारीको अबस्थामा स्वास्थ्य मापदण्डको पूर्ण पालाना गरि इद मनाउन जोड दिएको छ । उनले भिडभाड नगरी आ–आफ्नो घरमा पर्व मनाउन र कोरोनाको अन्त्यका लागि प्राथाना गर्न समेत आग्रह गरेका छन् । मुस्लिम धर्मावलम्बीले ईदुल फित्र अर्थात रमजानको ७० औ दिन पछि बकर इद मनाउने गर्छन् । तीन दिनसम्म मनाउने यो चाडलाई इद–उल– जुदहा पनि भनिन्छ ।

कुर्वानी (बलिदानी) को रुपमा मनाईने यो पर्व मुस्लिम महिनाको जुल हिज्जाको दशौं दिन मनाउने गरिन्छ । अल्लाहको आदेशमा ईब्राहिम ईस्लामिक आले आफ्ना छोरा ईस्माईल आलाई बलिदानी दिन तयार हुँदा अल्लाहाले खसी पठाएर छोराको ज्यान बचाएको सम्झनामा यो पर्व मनाउने प्रचलन रहेको छ ।