Top_Header_Right_Add

बकर इदले आपसी सद्भाव एबम् पारस्परिक सहयोगलाई मजबुत बनाउन मद्दत गरेको छ ः जसपा

बकर इदले आपसी सद्भाव एबम् पारस्परिक सहयोगलाई मजबुत बनाउन मद्दत गरेको छ ः जसपा

न्युज टुडे
राजबिराज, ०६ साउन ।
जनता समाजबादी पार्टीले ईस्लाम धर्मावलम्बीहरुलेको माहान पर्व बकर इदले सबै नेपाली बीच आपसी सद्भाव, सहिष्णुता, भातृत्व एबम् पारस्परिक सहयोगलाई अझ मजबुत बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बिश्वास व्यक्त गरेको छ । जनता समाजवादी पार्टी, नेपाल मधेश प्रदेश समितिद्वारा बुधबार प्रेस बिज्ञाप्ति जारी गर्दै सो बिश्वास व्यक्त गरेका हुन् ।

पार्टीका मधेश प्रदेश समितिका अध्यक्ष बिजय कुमार यादवद्वारा जारी प्रेस बिज्ञप्तिमा मुस्लिम धर्मावलम्बीहरुको महान पर्व इद–उल–अजहा (बकर इद) को अबसरमा यस प्रदेश लगायत समस्त मुस्लिम समुदायप्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गरिएको छ । बिज्ञाप्तिमा यस पर्वले सबै नेपाली बीच आपसी सद्भाव, सहिष्णुता एबम् पारस्परिक सहयोगलाई अझ मजबुत बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बिश्वास व्यक्त गर्दछौं अध्यक्ष यादवद्वारा हस्ताक्षर प्रेश बिज्ञाप्तिमा भनिएको छ ।

विश्वलगायत हाम्रो यस प्रदेशमा समेत महामारीको रुपमा रहेको कोरोना भाईरसको यस भयबाह अबस्थामा यस पर्वले सबैलाई सो रोगबाट जोगिन थप आत्माबल प्रदान गर्ने बिश्वास व्यक्त गर्दै बिज्ञाप्तिमा अगाडी भनिएको छ, सबै मुस्लिम दाजुभाइ दिदी बहिनीहरुलाई यस पबित्र महान पर्वको अबसरमा बधाई व्यक्त गर्दछौं ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

News Portal Web design in Saptari Offer