• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

उच्च अदालतद्वारा शिक्षक यादवलाई हाजिर नगर्न आदेश

उच्च अदालतद्वारा शिक्षक यादवलाई हाजिर नगर्न आदेश

न्युज टुडे
राजबिराज, ०५ साउन ।
उच्च अदालत जनकपुर–राजबिराजद्वारा मंगलबार माध्यमिक बिधालय खुरहुरीयामा शिक्षक बिरेन्द्र यादवलाई हाजिर हुन नदिन आदेश गरेको छ । न्यायाधीश गिता प्रसाद तिम्सिनाको ईजालासले १५ दिने अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

आदेशमा १५ दिन भित्र यादवलाई नियुक्त गर्नुपर्ने कारणसहितको साबुत प्रमाण सहित आफै वा कानुन ब्यबसायीमार्फत उपस्तिथि भई पेश गर्न विपक्षीलाई आदेश गरिएको छ । विद्यालयका अबिभावक रमेश कुमार यादवले शिक्षक नियुक्त रोक्न भन्दै सोमबार उच्च अदालतमा रिट निबेदन दर्ता गराएका थिए । यादवले दर्ता गरेको निबेदनमाथि सुनुवाई गर्दै विपक्षीहरुको नाममा अल्पकालीन आदेश जारी गरेका छन् ।

यादवले शिक्षक यादव, शिक्षा समन्वय ईकाई समिति सप्तरी, जमाबि खुरहुरिया, बिष्णुपुर गाउँपालिकाको कार्यालयलाई विपक्षी बनाई रिट निवेदन पेश गरेका थिए । यादव अग्रेजी शिक्षक भन्ने २०७७ भदौ १८ र फागुन १० गतेको निर्णयमा नखुलेको हुँदा मिति २०७८ साउन १८ गते सम्म यस अधिका सबै निर्णयहरु नगर्नु, नगराउनु यथास्थितिमा राख्नु भनी आदेश गरेको छ  ।

शिक्षक यादव डाक्नेश्वरी नगरपालिका ६ स्थित मावि कटैया फत्तेपुरबाट सरुवा भई मावि खुरहुरिया आउन लागेका थिए ।