• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

सुभरनपट्टीबाट चोरी भएको स्कुटरसहित सरदार प्रहरी नियन्त्रणमा

सुभरनपट्टीबाट चोरी भएको स्कुटरसहित सरदार प्रहरी नियन्त्रणमा

न्यूज टुडे
राजबिराज, २४ असार ।
सप्तरीको बोदेबर्साईन नगरपालिका ९ सुभरनपट्टीबाट बिहीबार चोरी भएको स्कुटरसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल बिओपी सुभरनपट्टीबाट खटिएको गस्ती टोलीले सप्तरी डाक्नेश्वरी नगरपालिका ९ बस्ने बर्ष २६ का जितेन्द्र सरदारलाई स्कुटरसहित नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी साहायक निरीक्षक टुकमान पछाईको नेतृत्वमा रहेको गस्ती टोलिले चेक जाँचको क्रममा प्रदेश २–०१००१प ३७४० नम्बरको चोरी गरेर भारततर्फ लैजादै गरेको स्कुटरसहित सरदरलाई नियन्त्रणमा लिएको जनाएको छ । सरदरमाथी शंका लागेर सोधपुछ गर्दा स्कुटर चोरी गरेर भारत लैजान लागेको स्वीकार गरेको सशस्त्र प्रहरी बल नेपाल बोदेबर्साईनले जनाएको छ ।

सरदारलाई बिहीबारै स्कुटरसहित थप अनुसान्धन तथा कारबाहीका लागि ईलाका प्रहरी कार्यालय बोदेबर्साईनको जिम्मा लगाएको सशस्त्र प्रहरी बल नेपाल बोदेबर्साईनका प्रमुख सशस्त्र प्रहरी निरीक्षक उत्सव बिष्टले जानकारी दिए ।