न्यूज टुडे
राजबिराज, २४ असार ।
सप्तरीको डाक्नेश्वरी नगरपालिकामा बिहीबार आदिबासी जनजाती सामाजिक, साँस्कृतिक प्रवद्र्धधनसम्बन्धि तीन दिने कार्यक्रम सम्पन्न भएको छ । डाक्नेश्वरी नगरपालिकाको सहयोग तथा आदिबासी जनजाती महासंघ नगर समवन्य परिषद् डाक्नेश्वरीद्वारा कार्यक्रम आयोजना गरेको हो ।
नेपाल आदिबासी जनजाती महासंघ नगर समवन्य परिषद् डाक्नेश्वरी नगरपालिकाका अध्यक्ष अरविन कुमार चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रम समापन समारोहमा बोल्दै आदिवासी जनजाती महासंघ सप्तरीका अध्यक्ष बृजमान तामाङले आदिबासी जनजातीको संस्कृति प्रबद्र्धनका निम्ति सहयोग गरेकोमा नगरपालिकाललाई धन्यवाद व्यक्त गरे ।
डाक्नेश्वरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले आदिवासी जनजाति समुदायको हरेक क्रियाकलाप सहकार्य गर्न तत्पर रहेको बताए । समापन कार्यक्रममा साबिक औरही गाबिसका अध्यक्ष ईन्द्र नारायण मण्डल, कबिलासाका अध्यक्ष पृतम लाल चौधरी, प्रशिक्षकहरु अधिबक्ता सुकदेव चौधरी, सुदर्शन चौधरी, थकसका प्रतिनिधि अशोक चौधरी, सहभागीहरु बलराम चौधरी, कपुरदेवी मण्डल, कबिता सिंह दनुवारले कार्यक्रमबाट धेरै कुरा सिक्ने अबसर प्राप्त भएको बताउँदै कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
आदिबासी जनजाती महासंघ डाक्नेश्वरी नगर समितिका उपाध्यक्ष शत्रुधन मण्डलद्वारा संचालित कार्यक्रममा अर्का उपाध्यक्ष रामचन्द्र मण्डलले धन्यवाद व्यक्त गरे ।