न्यूज टुडे
राजबिराज, १७ असार ।
माहालेख कार्यालय अनामनगर काठमाडौले आर्थिक बर्ष शुरु हुनुभन्दा एक साता अगाडि भुक्तानी निकासा बन्द गर्न भनेको छ । महालेखाले बिहीबार मातहतका कार्यालयहरुलाई पत्राचार गरि भुक्तानी निकासा बन्द गर्न भनेको हो ।
माहालेखाका लेखा अधिकृत डिल्ली अधिकारीले कोष तथा लेखा नियन्त्रक कार्यालय सबै, प्रदेश लेखा नियन्त्रक कार्यालय सबै र प्रदेश लेखा ईकाई कार्यालय सबैलाई पत्र लेखेर भुक्तानी निकासी रोक्न निर्देशन गरेका छन् । लेखा अधिकृत अधिकारीद्वारा हस्ताक्षर पत्रमा आर्थिक बर्ष समाप्त हुनु भन्दा कम्तिमा एक साता अगाडि भुक्तानी निकासा बन्द गर्नु भनेका छन् । पत्रमा अगाडी भनिएको छ – अन्य अति आबश्यक देखिएमा प्रमाणको आधारमा कोष तथा लेखा नियन्त्रक कार्यालयले भुक्तानी स्थानीय सरकारको आर्थिक नियमावलीको अधिनमा रहि निकासा दिन सक्ने ब्यबस्था छ ।
प्रदेश र स्थानीय तहको हकमा आर्थिक कार्यबिधि तथा बित्तीय उतरदायित्व नियमावली २०७७ को नियम ३० को उपनियम ७ ले निकासा रोक्न भनेपनि माहालेखा कार्यालयले अर्थ मन्त्रालयमा पेश गरेको उल्लेखित निमावलीको ३०(२) बमोजिम नियमावलीको प्रतिकूल नहुने गरि कानुन तर्जुमा गर्न सक्ने र निकासा भुक्तानी दिने सक्ने जनाएको छ ।
२०७७÷०३÷१५ को उप–प्रधानमन्त्री तथा अर्थमन्त्री स्तरीय निर्णय भई आएको हुँदा सोही बमोजिम भुक्तानी बन्द गर्न गराउनु भनी माहालेखा नियन्त्रक कार्यालयद्वारा मातहतका कार्यालयलाई लेखिएको पत्रमा उल्लेख छ ।