Top_Header_Right_Add

राजबिराजमा विपक्षी गठबन्धनका बिद्यार्थी संगठनले जलाए प्रधानमन्त्री ओलिको पुत्ला

राजबिराजमा विपक्षी गठबन्धनका बिद्यार्थी संगठनले जलाए प्रधानमन्त्री ओलिको पुत्ला

न्यूज टुडे
राजबिराज, १६ असार ।
सप्तरीकोको राजबिराजमा बुधबार विपक्षी गठबन्धनका पाँच बिद्यार्थी संगठनले प्रधानमन्त्री केपि शर्मा ओलिको पुत्ला जलाएका छन् । प्रतिनिधि सभा पुनस्र्थापनाको माग गर्दै विपक्षी गठबन्धनका बिद्यार्थी संगठनले प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् ।

 

प्रधानमन्त्री ओलिले प्रतिनिधि सभा विघटन गरेको तथा एकपछि अर्को असंवैधानिक कार्य गरेकोले आन्दोलनमा उत्रिएको बिद्यार्थी नेताहरुले बताएका छन् । आन्दोलित बिद्यार्थी संगठनहरुले पूर्व घोषित कार्यक्रम अनुसार सदरमुकाम राजबिराजमा प्रधानमन्त्रीको पुत्ला जलाएका छन् । जिल्ला समवन्य समिति सप्तरीको कार्यालयबाट नाराजुलुशसहित निस्किएको बिद्यार्थीहरुले गजेन्द्र चौक परिक्रमा गरि दशन चौकमा पुगेर प्रधानमन्त्रीको पुत्ला जलाएका थिए ।

बिरोध कार्यक्रममा समाजवादी बिद्यार्थी युनियन सप्तरीका अध्यक्ष संजय यादव, नेपाल विद्यार्थी संघका जिल्ला उपाध्यक्ष तथा स्ववियु सभापति रामचन्द्र यादव, अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष रंजित मण्डल, एमाले माधव–झलनाथ समुहका सुमित मिश्राको उपस्थिति रहेको समाजवादी बिद्यार्थी युनियन प्रदेश २ का सदस्य श्याम कुमार यादवले जानकारी दिए ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

News Portal Web design in Saptari Offer