Top_Header_Right_Add

सप्तरीको अग्निसाईर मन्दिरमा फेला प¥यो प्राचीनकालिन ढुंगामा कुदिएका कलात्मक मुर्तिहरु

सप्तरीको अग्निसाईर मन्दिरमा फेला प¥यो प्राचीनकालिन ढुंगामा कुदिएका कलात्मक मुर्तिहरु

बृजमान तामाङ
बिरेन्द्र बजार, १६ असार ।
सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका २ अबस्थित रहेको अग्निसाईर मन्दिरमा प्राचीनकालिन ढुंगामा कुदिएका कलात्मक मुर्तिहरु फेला परेका छन् । अग्निसाईर देवस्थलमा मन्दिर निर्माण गर्न खन्ने क्रममा बिभिन्न आकृतिका मुर्तिहरु फेला परेका हुन् ।

मन्दिर परिसर भित्र फण्डिशन खन्ने क्रममा त्रिशुल, कमलको फुल, चक्र, बाघ, घोडासहित ढुंगामा कुदिएका प्राचीनकालिन मुर्ति तथा हातहतियार फेला परेको ठेकेदार भिम राईले बताए । मन्दिरको पर्खाल बनाउन खन्दै थियो, ठेगदार राईले भने, अलिक गहिराईमा पुगेपछि पर्खाल भेटियो, उनले भने– पर्खाल लगाएको ढुंगालाई निकाल्दै जाँदा ढुंगामा कुदिएका बिभिन्न प्रकारको ९ वटा मुर्ती फेला प¥यो । मन्दिरमा भेटिएका मुर्तिहरुलाई सोही स्थानामा ब्यबस्थापन गरि राखिएको उनले जानकारी दिए ।

प्राचीनकालिन मुर्तिहरु बाघेश्वरी, गणेश, बिभिन्न जनावर, सर्प, बिच्छीलगायतका वनदेवीको मुर्ति अग्निसाईर मन्दिरमा पहिले देखि नै रहेको छ । मन्दिरको पुनर्निर्माण गर्ने क्रममा यहाँ यसरी नै बहुमुल्य मुर्तिहरु भेटिने गरेको अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर २ का अध्यक्ष पशुपति प्रसाद चौधरीले जानकारी दिए ।

धार्मिक पर्यटकीय दृष्टिकोणले चर्चित अग्निसाईर देव स्थलमा सेनकालिन कलात्मक भवानाशेषहरु मन्दिरको अर्को बिशेषता रहेको छ । अग्निसाईर मन्दिरको नामबाट गाउँपालिकाको नामाङ्कन समेत गरिएको छ । मन्दिरलाई धार्मिक पर्यटकीय स्थलका रुपमा बिकास गरि पर्यटन ब्याबसायलाई प्रबद्र्धन गर्ने उद्देश्य राखी मन्दिरको बिकासमा गाउँपालिका जुटेको अग्निसाईर कृष्णासवरन गाउँपालिकाकी उपाध्यक्ष मिना चौधरीले बताईन् । एतिहासिक कलासम्पदाले चर्चित देवस्थललाई बिश्व सम्पदा सुचीमा राखी बिकास र संरक्षण गर्न आश्यक रहेको उनले बताईन् ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको चाँदनी चौक–सितापुर चौकको बीच भागमा कंकालिनी टोलबाट ५ सय मिटर उत्तर चुरेवन फेदीमा अबस्थित मन्दिर प्राकृतिक सौन्दर्यताले भरिपूर्ण छन् । यहाँ नयाँ बर्ष (बैशाख १ गते) भब्य मेला समेत लाग्दै आएका छन् । मन्दिरमा दैनिक भक्तजनहरुको पनि ठुलो आवतजावत हुने गरेको मन्दिरका अध्यक्ष सुरेश चौधरीले बताए ।

मन्दिरको दर्शन गरे मुसा, लुतो, चम्र रोगलगायतका दीर्घ रोगहरु निको हुने, आफुले गरेको भाकल पूरा हुने, धन आर्जन हुने जनबिश्वास रहेको छ । मन्दिरमा कुखुरा, बोका, परेवा भाकल गरि चढाउने प्रचलन रहेको छ ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

News Portal Web design in Saptari Offer