Top_Header_Right_Add

बालिका अपहरणका आरोपी देव कारागार चलान

बालिका अपहरणका आरोपी देव कारागार चलान

न्यूज टुडे
राजबिराज, १६ असार ।
सप्तरीको राजबिराज ३ का एक बालिका अपहरणको आरोपमा ३५ बर्षीय युवा मंगलबार कारागार चलान भएको छ । सप्तरी राजबिराज २ घर भई सुनसरीको भाण्टाबारी बस्ने नवीन देवलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो ।

जिल्ला अदालत राजबिराजका न्यायाधीश ईश्वरमणि ओझाको ईजालसले देवलाई पुर्पक्षका लागि जेल चलान गरेका हुन् । गत जेठ २० गते राजबिराजबाट अपहरित १४ बर्षीय बालिकालाई प्रहरीले तत्कालै सकुशल उद्वार गरेका थिए । बालिकाको घरबाटै ललाई फकाई लैजाने क्रममा प्रहरीले सप्तरीको रुपनीबाट अपहरित बालिकासहित देवलाई नियन्त्रणमा लिएका थिए ।

राजबिराज ३ स्थिति घरबाट प्रदेश २–०३–०१३प ४६८२ नम्बरको मोटरसाइकलमा चढाई अपहरित बालिका र उनका १६ बर्षीय दाजुलाई देवले लगेर गएका थिए । दाजुलाई सडकमा छोडेर गएपछि शंका लागेर दाजुले प्रहरी र आमाबुबालाई खबर गरेका थिए । प्रहरीलाई जानकारी हुन साथ चारैतिरको नाका कडाई गरि जाँच गर्दा अपहरित बालिका सहित आरोपी पक्राउ परेको सप्तरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद धमलाले बताए । बालिका अपहरणका आरोपी पुर्पक्षका लागि जेल चलान भएको प्रहरीले बताएको छ ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

News Portal Web design in Saptari Offer