Top_Header_Right_Add

शम्भुनाथ नगरपालिकामा सामुदायिक आवास निर्माण परियोजनाको अनुगमन

शम्भुनाथ नगरपालिकामा सामुदायिक आवास निर्माण परियोजनाको अनुगमन

न्यूज टुडे
राजबिराज, १५ असार ।
सप्तरीको शम्भुनाथ नगरपालिका ७ स्थित निर्माणधिन सामुदायिक आवास निर्माण परियोजनाको मंगलबार एक टोलिद्वारा अनुगमन गरेका छन् । शम्भुनाथ नगरपालिका तथा ह्याबिट्याट नेपालको सहयोगमा महुली सामुदायिक बिकास केन्द्र्र सप्तरीद्वारा अतिबिपन्न परिवारका लागि निर्माणधिन सामुदायिक आवासको सरोकारवाला निकायका प्रतिनिधिहरुले स्थलगत अनुगमन गरेका हुन् ।

शम्भुनाथ नगरपालिकाको तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गतको ४० लाख, हयाबिट्याट नेपालको ४० गरि कूल ८० लाखको लागतमा २४ परिवारलाई घर निर्माण गरिएको महुली सामुदायिक बिकास केन्द्र सप्तरीले जनाएको छ । योजना अन्तर्गत प्रति घर घरधनिको श्रमदानसहित ३ लाख २२ हजार लगानी भएको महुली सामुदायिक बिकास केन्द्रका निर्देशक प्रभु नारायण चौधरीले बताए ।

गरिव बिपन्न समुदायका २४ परिवारका लागि १ भान्सा कोठासहितको बिपद् प्रतिरोधात्मक ३ कोठे आवास निर्माण गरिएको शम्भुनाथ नगरपालिका वडा नम्बर ७ का अध्यक्ष गोपाल प्रसाद चौधरीले बताए । भूमिहिन अति बिपन्नहरुको पहिचान गरि आवास निर्माणसँगै सौचालय, बाटो, बिजुली र खानेपानीको समेत ब्यबस्था गर्ने लक्षयका साथ संचालित परियोजनाको काम सम्पन्न भएको महुली सामुदायिक बिकास केन्द्र सप्तरीका कार्यक्रम संयोजक चन्द्र नारायण चौधरीले जानकारी दिए ।

शम्भुनाथ नगरपालिकाकी उप–प्रमुख कबिता कुमारी सरदारको नेतृत्वमा रहेको आवास अनुगमन टोलिमा शम्भुनाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्र यादव, योजना प्रमुख, ईन्जिनियर बोधराम यादव, महुली सामुदायिकका कार्यकारी सचिव एबम् निर्देशक प्रभु नारायण चौधरी, हयाबिट्याट नेपालका कार्यक्रम संयोजक ईन्जिनियर राजिव बर्मा, शम्भुनाथ नगरपालिका वडा नम्बर ७ का अध्यक्ष गोपाल प्रसाद चौधरी, वडा नम्बर २ का अध्यक्ष दुर्गानन्द भगत, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का प्रदेश परिषद सदस्य बृजमान तामाङसहितका नगरपालिका तथा सहयोगी संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

अनुगमन टोलीद्वारा शम्भुनाथ नगरपालिका वडा नम्बर २ स्थित कनकपट्टीमा निर्माण सामुदायिक भवनको समेत निरीक्षण गरे । अनुगमन टोलीले थोरै खर्चमा आकर्षक र सुबिधा सम्पन्न सुरक्षित आवास निर्माण गरिएको बताउँदै आवास योजनालाई निरन्तरता दिन सुझाव दिए ।

यस अघि नगरपालिका तथा हयाबिट्याट नेपालको सहयोगमा वडा नम्बर २ मा ५२ बटा सामुदायिक तथा हिल्टि आवास निर्माण गरि दलित अतिबिपन्न परिवारलाई हस्तान्तरण गरेका छन् । महुली सामुदायिक बिकास केन्द्रद्वारा शम्भुनाथ नगरपालिकामा ८६ घर निर्माण गरेको जनाएको छ ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

News Portal Web design in Saptari Offer