• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

मानव अधिकार निगारानी समुहले गरे बिपन्न परिवारलाई उपचार खर्च सहयोग

मानव अधिकार निगारानी समुहले गरे बिपन्न परिवारलाई उपचार खर्च सहयोग

न्यूज टुडे
राजविराज, १५ असार ।
मानव अधिकार निगारानी समूह राजबिराजले मंलबार एक बिपन्न महिलालाई उपचार खर्च प्रदान गरेको छ । उपचार खर्चको अभावमा घरमै बसेकी राजबिराज ९ कि सियाबती मेहतालाई समूहले घरैमा पुगेर उपचार खर्च प्रदान गरेको हो ।

शिक्षा, स्वास्थ्य, खाद्य र आवासका अधिकार संरक्षणका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र्र (इन्सेक) द्वारा गठित मानव अधिकार निगरानी समुहले आफ्नो बैठक खर्चबाट कटाएर उपचार अभावमा बिचल्लीलाई पाँच हजार रुपैयाँ सहयोग गरेका छन् ।

इन्सेक प्रतिनिधि मनोहर पोखरेल र समुहका सहस्यहरुका साथ पुगेका निगरानी समुहका अध्यक्ष रघुबर साहले उक्त रकम हस्तान्तरण गरे । मानव अधिकारको मुल्य र मान्यतालाई स्थापित गराउने उद्देश्यद्वारा इन्सेकले सञ्चालन गर्दै आएको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने (इएलपी) परियोजनाको कार्यक्रम फोकल पर्सन बरुण बस्यालले व्यक्तिगत रुपमा पाँच सय रुपियाँ प्रदान गरे ।

उपचार खर्चको अभावमा घरमै बस्नु भएकी आँखा रोगी मेहताले प्राप्त रकमले विराटनगर गई उपचार गराउने बताए । आँखा अस्पताल लहानले विराटनगर जान सल्लाह दिएको र मृगौलामा समेत समस्या देखिएको उनले जानकारी दिए । उनका श्रीमान् निगरानी समुहका सदस्य एवम् पत्रकार उपेन्द्रनारायण मेहताको गत वैशाख १३ गते मृत्यु भएको थियो ।

गाउँमै सबैभन्दा कमजोर आर्थिक अवस्थामा रहेको उनकी श्रीमान्को मृत्युपछि असहाय बनेकी स्थानीय फुलेश्वरीदेबी मेहताले बताइन् । इन्सेक सप्तरीको प्रतिनिधिको कार्यालयमा गत असार १० गते बसेको निगरानी समुहको बैठकले सहयोग रकम प्रदान गर्ने निर्णय गरेअनुसार उनकी घर पुगेर रकम हस्तान्तरण गरिएको सहजकर्ता दिपक यादवले जानकारी दिए ।