Top_Header_Right_Add

संघीय सरकारको हर्कतका कारण वन संरक्षणमा चुनौती थपियो ः मन्त्री साह

संघीय सरकारको हर्कतका कारण वन संरक्षणमा चुनौती थपियो ः मन्त्री साह

न्यूज टुडे
रुपनी, १५ असार ।
प्रदेश नम्बर २ का सामाजिक बिकास मन्त्री नवलकिशोर साहले संघीय सरकारको गलत हर्कतले चुरे क्षेत्रको वन संरक्षणमा चुनौती थपिएको बताएका छन् । डिभिजन वन कार्यालय सप्तरीद्वारा सोमबार रुपनी गाउँपालिका १ स्थित सव डिभिजन वन कार्यालयमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

राष्ट्रिय वृक्षारोपन दिवसको अबसारमा आयोजित कार्यक्रम बोल्दै मन्त्री साहले संघीय सरकारले चुरे क्षेत्रका खानिजन्य बालुवा, गिट्टी निकासी गर्ने योजनाले तराई, मधेश क्षेत्रका वन क्षेत्र संरक्षणमा चुनौती थपिएको बताए । राजनैतिक स्थिरताको फाईदा उठाउँदै संघीय सरकारद्वारा ल्याएको वन मास्ने नीति प्रदेश २ सरकारलाई मान्य छैन, सामाजिक बिकास मन्त्री साहले भने– अहिलेको बदलिँदो परिवेशमा वन जोगाउनु मुख्य चुनौती भएको छ ।

संघीय सरकारको गलत हर्कतको सामना गर्नुपर्ने स्थित सिर्जना भएको छ । मन्त्री साहले वन बिनासका कारण देशमा ठूलो बिपत्ति आएको बताउँदै वन संरक्षणमा जोड दिए । स्वच्छ, समृद्व तथा हरियाली प्रदेश सरकारको लक्ष्य रहेको उल्लेख गर्दै मन्त्री साहले सरकारको उद्देश्य साकार गर्न मातहतका सबै निकायको सहयोगी भूमिका आबश्यक रहेको बताए । सोही अबसरमा मन्त्री साहले सव डिभिजन कार्यालयको नर्सरीमा वृक्षा रोपन गरे ।

कार्यक्रममा सामाजिक बिकास मन्त्रालय प्रदेश नम्बर २ का सचिब ईमनारायण श्रेष्ठ, रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादव, उपाध्यक्ष बेचनी देवी सरदार, वन मन्त्रालयका उप–सचिब हेमन्त साह, जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियाँलाल यादव, जिल्ला वन कार्यालयका रेन्जर लक्षमण साफी, सवडिभिजन वन कार्यालय रुपनीका प्रमुख अन अधिकृत रामआशिष यादव लगायतका उपस्तिथि रहेको थियो ।

स्वाच्छ, समृद्ध तथा हरियाली प्रदेश अभियान अन्तर्गत सप्तरीमा ५७ हेक्टर वन क्षेत्रमा ९२ हजार बिरुवा रोप्ने कार्यक्रम रहेको डिभिजन वन कार्यालय सप्तरीले जनाएको छ । अभियान अन्तर्ग ९५ प्रतिशत वृक्षारोपनको काम सम्पन्न भएको डिभिजन वन कार्यालय सप्तरीका प्रमुख डिएफओ संतोष झाले जानकारी दिए ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

News Portal Web design in Saptari Offer