Top_Header_Right_Add

महुलीमा करेन्ट लागेर ३५ बर्षीया महिलाको मृत्यु

महुलीमा करेन्ट लागेर ३५ बर्षीया महिलाको मृत्यु

न्यूज टुडे
राजबिराज, १५ असार ।
सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका ६ स्थित महुली बजारमा सोमबार करेन्ट लागेर एक ३५ बर्षीया महिलाको मृत्यु भएको छ । मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर स्थानीय जदाहा खातुनको मृत्यु भएको हो ।

बिहान १० बजे मोबाइल चार्ज गर्नेक्रममा विद्युतको तार सर्ट भई करेन्ट लागेर जदाहा गम्भीर घाईते भएको प्रहरीले जनाएको छ । करेन्ट लागेर घाइते भएकी उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । घाईते जदाहाको बिराट नर्सिङ होम बिराटनगरमा सोमबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

उनको शव परीक्षण गराई परिवारको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रबक्ता माधव काफ्लेले जानकारी दिए ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

News Portal Web design in Saptari Offer