• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

फरार ट्यांकर चालक सम्पर्कबिहीन, नक्कली चालक हाजिर गर्न चलखेल

फरार ट्यांकर चालक सम्पर्कबिहीन, नक्कली चालक हाजिर गर्न चलखेल

न्यूज टुडे
राजविाज, १३ असार ।
सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका २ स्थित चाँदानी चौकमा शनिबार दुई जना बालिकाको ज्यान लिएर फरार ट्याक्टर चालक हालसम्म सम्पर्कबिहीन रहेका छन् । तीब्र गतिमा छुट्टाछुट्टै दुईवटा मोटरसाइकललाई ठक्कर दिएर फरार ट्यांकर पेट्रोल पम्ममा छोडेर फरार चालक हालसम्म सम्पर्कबिहीन अबस्थामा रहेको हो ।

ट्याङकर चालक सम्पर्क भएपनि हालसम्म हाजिर नभएको प्रहरीले बताएका छन् । यता नक्कली ट्यांकर चालक हाजिर गराउने चलखेल शुरु भएको श्रोतको दाबी छ । ट्याङर साहु आफैले चलाएको तथा उनीसँग सवारी चालक अनुमती पत्र नभएकोले गाडी पेट्रोल पम्पमा छोडेर फरार भएको आशंका गरिएको छ ।

ट्यांकर चालक सम्पर्कमा आएको तर हालसम्म कार्यालयमा हाजिर नभएको ईलाका प्रहरी कार्यालय कंचनपुरका प्रमुख प्रहरी नायव उपरीक्षक नरेश सिंहले बताए । ट्याङकर चालक सम्पर्कमा आईसकेको छ, डिएसपी सिंहले भने, जिल्लामा हाजिर हुन्छु भन्दै छ तर मैले कंचनपुरमा आउनु भनेको छु आईसकेको छैन । नक्कली सक्कली भन्ने कुरा पहिले चालक हाजिर भएपछि अनुसान्धनबाट थाहा हुने बताउँदै डिएसपी सिंहले त्यस्तो पाईएमा कारबाही हुने बताए ।

पुर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका २ स्थित पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.७ख ५४९५ नम्बरको ट्यङकरले ठक्कर दिंदा रुपनी गाउँपालिकाकी ९ बर्षीया बालिका यशोदा प्रमाणी र कन्चरुप नगरपालिका ६ घोघनपुरकि ७ बर्षीया बालिका सुमाया परबिनको मृत्यु भएको थियो । घटना दुई किलोमिटरको फरकमा भएको थियो ।