• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

सप्तरीमा घाँटी रेटेर नौ बर्षीया बालिकाको हत्या

न्यूज टुडे
राजविराज ।
सप्तरीमा शुक्रबार एक बालिकाको घाँटी रेटेर हत्या गरिएको छ । डाक्नेश्वरी नगरपालिका वडा नम्बर ३ तरिहीका राउदगर यादवको ९ बर्षीया छोरी शिवानी यादवको घाँटी रेटेर हत्या गरेको हो ।

शुक्रबार साँझ घाँस काट्न घरबाट निस्किएकी सिवानीको शव नजिकैको आँप बगैचामा फेला परेको प्रहरीले जनाएको छ । बालिकाको शव धारिलो हतियार प्रयोग गरी घाँटी रेटेको अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

मृतक बालिकाको शवलाई राजबिराजस्थित गजेन्द्रनारायण सिंह अञ्चल अस्पतालमा परीक्षण गराई घटना बारे प्रदेश प्रहरी कार्यालय प्रदेश नम्बर २ जनकपुरबाट तालिम प्राप्त कुकुरको साहायता लिई अनुसन्धानलाई अगाडी बढाएको प्रहरीले बताएका छन् ।