• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

अग्निसाईर कृष्णासवरन गाउँपालिकाको आठौं गाउँसभा सम्पन्न

५१ करोड २४ लाख २६ हजारको बजेट प्रस्तुत
अग्निसाईर कृष्णासवरन गाउँपालिकाको आठौं गाउँसभा सम्पन्न

न्यूज टुडे
बिरेन्द्र बजार, ०४ असार ।
सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिकाको आठौं गाउँसभा शुक्रबार सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष पर्शुराम चौधरीको अध्यक्षतामा एक समारोहका बीच गाउँसभा सम्पन्न भएको हो ।

सभामा उपाध्यक्ष मिना चौधरीले आ.व. २०७८÷०७९ को लागि पारित ५१ करोड २४ लाख २६ हजारको आय–ब्याय सहितको नीति तथा बजेट कार्यक्रम प्रस्तुत गरिन् । प्रस्तुत नीति तथा बजेट कार्यक्रम स्थानीय सरकार संचालन ऐना २०७४ र गाउँपालिकाको बस्तुगत अबस्थालाई मुख्य रुपमा आधार बनाई नीति तथा कार्यक्रमलाई जोड दिएको छ ।

कोरोना महामारी नियन्त्रणसँगै स्वास्थ र शिक्षातर्फ बजेटलाई प्रथामिकता दिएको छ । गाउँपालिकामा १५ शैय्याको सुबिधा सम्पन्न अस्पताल निर्माण गर्ने सहितका स्वास्थ्य क्षेत्रमा लगानी गर्ने, शिक्षा क्षेत्रको चौतर्फी बिकास गरिने गाउँपालिकाको योजना रहेको छ । गाउँसभामा बोल्दै गाउँपालिका अध्यक्ष पर्शुराम चौधरीले बजेटले गाउँपालिकाको बिकास र समृद्धिमा टेवा पुग्ने बिश्वास व्यक्त गरे ।

गाउँपालिकाले ल्याएको बजेटले ६ वटै वडालाई सम्मान ब्याबाहार गरेको दाबी गर्दै अध्यक्ष चौधरीले बजेटमाथि उठेको प्रश्नको जबाफ दिदै सभामा प्राप्त सुझावलाई समेट्ने प्रतिबद्धता व्यक्त गरे । वडा नम्बर ३ का अध्यक्ष अरुण चौधरीले नीति तथा कार्यक्रम उत्कृष्ट भएपनि कार्यान्वयनमा शंका व्यक्त गरे । गाउँपालिकाको कार्यसम्पादनमा भएको ढिलासुस्तीप्रति असन्तुष्टि व्यक्त गर्दै वडा अध्यक्ष चौधरीले जनताको कामलाई चुस्त र छिटो गर्ने नीतिलाई समेट्न सुझाव दिए ।

कार्यक्रममा कार्यपालिका सदस्य हिरा सिंह दनुवार, स्वास्थ्य शाखा प्रमुख जागेश्वर खड्गा, पत्रकार बृजमान तामाङले समेत शुभकामना मन्तव्य व्यक्त गरे । अग्निसाईर कृष्णासवरन गाउँपालिकाका कार्यक्रम अधिकृत योगेन्द्र प्रसाद यादवद्वारा संचालित कार्यक्रममा स्वागत प्रमुख प्रशासकीय अधिकृत कमलदेव यादवले गरे ।

यसैगरी राजगढ गाउँपालिकाको समेत मंगलबार गाउँ सभा संचालन गरेको छ । गाउँसभाको पहिलो दिन गाउँपालिका अध्यक्ष प्रमानन्द यादवद्वारा प्रस्तुत नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरेको राजगढ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश प्रसाद यादवले जानकारी दिए ।