• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

माओबादी केन्द्र सप्तरीद्वारा सहिदहरुको स्मृतिमा रक्तदान

माओबादी केन्द्र सप्तरीद्वारा सहिदहरुको स्मृतिमा रक्तदान

न्यूज टुडे
बिरेन्द्र बजार, ०४ असार ।
नेकपा माओवादी केन्द्र सप्तरीद्वारा सहिदहरुको स्मृतिमा शुक्रबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । जनयुद्धका सहिदहरुको स्मृतिमा माओवादी केन्द्रले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालस्थित रक्तसञ्चार केन्द्रमा नेकपा माओवादी केन्द्र सप्तरीका अध्यक्ष एवम् पूर्व सिंचाई मन्त्री उमेश कुमार यादवसहित २५ जनाले रक्तदान गरे । रक्तदान गर्नेहरुमा पूर्व मन्त्री यादव, संजय दास, मोहन कुमार यादव, रंजित कुमार साह, श्यामकिशोर मण्डल, बलराम यादव, अम्बिका दाहाल, मो. डोमन, मिरादेबी देव, सत्य नारायण साह, ठकनी देवी यादव, नवीन प्रसाद चौधरी, गोबिन्द स्वर्णकार, सन्जु यादव, राजेश कुमार राज, राजन कुमार साह लगायतका छन् ।

माओवादी जनयुद्धमा सहिद भएकाहरु नेता दशरथ ठाकुर, गोबिन्द चौधरी, रमेश राम, ईन्द्रदेव बिश्वास, कमलेस यादव, बिजय झाको स्मृतिमा रक्तदान कार्यक्रम आयोजना गरेको माओवादी केन्द्र सप्तरीले जनाएका छन् । माओवादी केन्द्र सप्तरीद्वारा शुक्रबार डाक्नेश्वरी नगरपालिका १० स्थिति रहेको सहिद रमेश रामको शालिकमा फुलमाला लगाएको छ ।

माओवादी केन्द्र सप्तरीका अध्यक्ष एवम् पूर्व सिंचाई मन्त्री उमेश यादव, प्रदेश सभा सदस्य रुबी कर्ण, कर्मलाल यादव सहितका माओवादी नेताहरूद्वारा सहिद रामको शालिकमा फुलमाला लगाएका थिए ।