Top_Header_Right_Add

रेशम चौधरी रिहाई राष्ट्रिय जागरण घोषणा सभाको तयारी पूरा

रेशम चौधरी रिहाई राष्ट्रिय जागरण घोषणा सभाको तयारी पूरा

न्यूज टुडे
राजविराज, १९ चैत ।
सप्तरीको शम्भुनाथ नगरपालिका ७ स्थित कठौनाबाट रेशम चौधरी रिहाई राष्ट्रिय जागरण घोषणा सभाको तयारी पूरा भएको छ । जनता समाजवादी थारु संघ केन्द्रिय कार्यकारिणी समितिद्वारा चैत २० गते आयोजित राष्ट्रिय जागरण घोषणा सभाको सम्पूर्ण तयारी भएको हो ।

देशैभरका गरि १ लाख भन्दा बढी जनसहभागिता हुने कार्यक्रमको सबै तयारी सकिएको जनता समाजवादी थारु संघका ईञ्चार्ज समेत रहेको जसपा केन्द्रिय सदस्य बिनोद चौधरीले जानकारी दिए । जागरण घोषणा सभालाई जसपाका वरिष्ठ नेताहरू अशोक राई, राजेन्द्र महतो, केन्द्रिय कार्यकारिणी समिति सदस्यहरु राजकिशोर यादव, सरदसिंह भण्डारी, राज कुमार लेखी, सुशिला श्रेष्ठ, मृगेन्द्र सिंह यादवलगायतका जसपाका प्रभावशाली नेताहरूले सम्बोधन गर्ने जनाएको छ ।
कार्यक्रमका लागि मञ्च ब्यवस्थापन, स्वयंसेवकलागायत सम्पूर्ण तयारी पूरा भएको सभा तयारी समितिका संयोजक कल्पना चौधरीले जानकारी गराईन् ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

News Portal Web design in Saptari Offer