• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

बिप्लव नेकपाका नेता बच्चेलाल सरदारलाई मातृशोक

बिप्लव नेकपाका नेता बच्चेलाल सरदारलाई मातृशोक

बृजमान तामाङ
बिरेन्द्र बजर, १७ चैत ।
बिप्लव नेपाल कम्युनिस्ट पार्टीका नेता बच्चेलाल सरदारलाई मातृशोक परेका छन् । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ४ निवासी सरदारको आमा सुकमरिया देवी सरदारको गत आइतबार निधन भएको हो ।

ग्याँष्टिक रोगबाट पीडित नेता सरदारको आमा राजबिराजस्थित सगरमाथा गजेन्द्रनारायण अञ्चल अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । रोगले च्यापेर अबस्था जटिल हुँदै गएपछि थप उपचारका लागि धरान लाने क्रममा आइतबार साँझ ७ बजे बाटैमा निधन भएको नेता सरदारले जानकारी दिए ।

सरदारको आमालाई सोमबार बिप्लव नेतृत्वका नेकपाले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेपछि प्रशवनीस्थित आफै जग्गामा अत्यष्टि गरिएको छ । स्वर्गीय सरदारको एक छोरा र एक छोरी छन् । छोरा बच्चेलाल सरदार ६ बर्षदेखि राजबिराज कारागारमा बन्दी छन् । आमालाई दागबती दिन नेता सरदार प्रहरीको कडा निगारानीको बीच गाउँ पुगेका थिए । स्वर्गीय सरदारको एक मात्र छोरा नेता सरदारको आमालाई दागबत्ती दिनसाथ प्रहरीले सोमबारै राजबिराज कारागार लगेका थिए । नेता सरदारको छोरी हजुरआमाको क्रियापुत्री बसेका छन् ।

नेता सरदारलाई २०७२ साउन ८ गते बिप्लवले आह्वान गरेको नेपाल बन्दको क्रममा प्रहरीले नियन्त्रणमा लिएका थिए । उनलाई गाउँकै मसुकलाल सरदारको हत्या गरेको अभियोगमा अदालतले आठ बर्ष जेल सजाय सुनाएका छन् । डेढ बर्ष पूर्व सिरहामा मृत्यु भएका मसुकलालको हत्या अभियोगमा षड्यन्त्रपूर्वक राजनैतिक पूर्वाग्रहबाट प्रेरित भएर फँसाएको नेता सरदारको दाबी छ ।

आफुलाई नियन्त्रणमा लिनु भन्दा डेढबर्ष पहिले नै मसुकलालको मृत्यु भएको प्रकरणमा आप्mनो संलग्नता नरहेको नेता सरदार बताउँछन् । नेपाल बन्दको क्रममा पक्राउ परेका नेता सरदार तत्कालिन जिल्ला सह–सेक्रेटरी थिए भने हाल उनी बिप्लव नेकपाका जनकपुर ब्यूरो क्षेत्रीय सदस्य हुन् । नेता सरदारको आमाको चित्तामा बिप्लव नेकपाका जिल्ला सेक्रेटरी गणेश, डिसिएमहरु राजु, उदयनाथ मण्डल, रामपृत मण्डललगायतका नेताकार्यकर्ताहरुले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली दिएका थिए ।