न्यूज टुडे
राजविराज, १७ चैत्र ।
चैत्र १ गते सिरहाको लहान नगरपालिका–८ स्थित मालपोत कार्यालयमा बम विष्फोट गराएको आरोपमा दुई जना पक्राउ गरिएको २नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ । उक्त विष्फोटमा परि ८ जना घाईते भएका थिए भने उक्त विष्फोटको जिम्मेवारी जयकृष्ण गोईत नेतृत्वको जनतान्त्रीक तराई मुक्ति मोर्चा(क्रान्तिकारी)ले लिएका थिए ।
प्रहरीका अनुसार लहान विष्फोटको आरोपमा सिरहाको सुखिपुर नगरपालिका–५ बस्ने २५ बर्षिय रामरिझन यादव र सिरहा लक्ष्मीपुर पतारी–३ बस्ने २६ बर्षिय अभिमन्यू गिरीलाई पक्राउ गरिएको हो । पक्राउ परेका दुवै जना पछिल्लो लामो समयदेखि गोईत नेतृत्वको जनतान्त्रीक तराई मुक्ति मोर्चा(क्रान्तिकारी)मा आवद्ध भई विभिन्न गैरकानुनी गतिविधिहरु गर्दै आएको प्रहरीको आरोप छ । दुवै जनालाई प्रदेश प्रहरी कार्यालय जनकपुर तथा जिल्ला प्रहरी कार्यालय सिरहाको विषेश टोलीले मंगलवार पक्राउ गरेको जनाईएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका रामरिझन यादव यसअघि ०७४ चैत्र ९ गते लहानको विकास ज्वेलर्समा भएको विष्फोटको मुद्दामा सिरहा जिल्ला अदालतबाट १ लाख धरौटीमा रिहा भएका हुन् । यसैगरी ०७५ साल श्रावण ३१ गते विराटनगर उप–महानगरपालिका कार्यालयमा भएको बम बिष्फोटको मुद्दामा समेत उनी मोरङ जिल्ला अदालतबाट ३५ हजार धरौटीमा रिहा भएको प्रहरी अभिलेखवाट देखिन्छ ।
प्रदेश प्रहरी कार्यालय जनकपुरका डिएसपी नवरत्न पौडेलका अनुसार पक्राउ परेका आरोपिद्वयले मोर्चाका अध्यक्ष जयकृष्ण गोइतको निर्देशनमा सिरहा सुखिपुर–८ बस्ने आरके भन्ने राम कुमार यादवले उक्त प्रेसर कुकर बम ०७७ चैत्र २६ गते सिरहाको भगवानपुर गाउँपालिकाको ठाडी भन्ने स्थानमा आफुहरुलाई दिएको प्रहरी समक्ष स्विकारेका छन् । मालपोत कार्यालयले भू–माफियालाई सहयोग गरि रहेको र पटक–पटक चेतावनी दिदा पनि सुधार नआएपछि बाध्य भएर बम विष्फोट गर्नुपरेको समेत आरोपिहरुले प्रहरी समक्ष वयान दिएको प्रहरीको भनाई छ ।
प्रहरीका अनुसार पक्राउ परेका रामरिझन यादव यसअघि ०७४ चैत्र ९ गते लहानको विकास ज्वेलर्समा भएको विष्फोटको मुद्दामा सिरहा जिल्ला अदालतबाट १ लाख धरौटीमा रिहा भएका हुन् । यसैगरी ०७५ साल श्रावण ३१ गते विराटनगर उप–महानगरपालिका कार्यालयमा भएको बम बिष्फोटको मुद्दामा समेत उनी मोरङ जिल्ला अदालतबाट ३५ हजार धरौटीमा रिहा भएको प्रहरी अभिलेखवाट देखिन्छ ।
त्यस्तै पक्राउ परेका अर्का अभियुक्त अभिमन्यू गिरी पनि पछिल्लो ५ बर्ष देखी जन्तान्त्रिक तराई मुक्ति मोर्चा(गोईत समूह)मा संलग्न रहि बल पुर्वक चन्दा असुली गर्दै आएको प्रहरीको दावी छ । पक्राउ परेका अभियुक्तहरुको साथवाट १\१ थान कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने २\२ राउण्ड गोली समेत बरामद गरिएको प्रहरीको दावी छ ।