Top_Header_Right_Add

कठौनामा थारु संघले एक लाख जनता उतार्ने

कठौनामा थारु संघले एक लाख जनता उतार्ने

बृजमान तामाङ
बिरेन्द्र बजार ।
साँसद रेशम चौधरीको रिहाई तथा टिकापुर थारु बिद्रोहका क्रममा थारु नेताहरूमाथि लगाएका झुठा मुद्दा निःशर्त खारेजीका लागि जनदबाब दिने उद्देश्यले सप्तरीकोको शम्भुनाथ नगरपालिका कठौनामा आयोजित जागरण सभामा १ लाख जनता उतार्ने भएको छ ।

जनता समाजवादी पार्टी निकट थारु संघ केन्द्रीय समितिद्वारा चैत २० गते आयोजित राष्ट्रिय जागरण अभियान घोषणा सभामा १ लाख भन्दा बढी जनता उतार्ने तयारी भएको हो ।

सभा सफलताका लागि सप्तरीसहित देशैभरी तयारी भईरहेको जनता सामाजवादी थारु संघका केन्द्रीय अध्यक्ष शम्भु चौधरीले जानकारी दिए । सभालाई शान्तिपूर्ण र मर्यादित बनाउन थारु संघले आफ्ना माउ पार्टी जसपाका नेताकार्यकर्तासँग निरन्तर बैठक भेला गर्दै आएका छन् । मानव अधिकार र थारु नेताहरूको पक्षमा हुने जगारण सभामा थारु संघले सभामा उपस्थितका लागि देशैभरका थारु समुदायले अपिल गरेको छ भने थारु गाउँटोलमा तयारीलाई तिब्रता दिएको छ ।

यसैक्रममा सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा शनिबार बृहत भेलाको आयोजाना गरेको छ । राजबिराजस्थित जिल्ला समन्वय समिति सप्तरीको सभाहलमा आयोजित कार्यक्रमको अध्यक्षता जसपा केन्द्रीय सदस्य एवम् सभा तयारी समितिका संयोजक कल्पना चौधरीले गरिन् भने प्रमुख अतिथि जसपा केन्द्रीय कार्यकारिणी समिति सदस्य मृगेन्द्र सिंह यादव थिए ।

भेलामा केन्द्रीय सदस्यहरु शैलेश चौधरी, दिनेश यादव, दिपक कुमार गुप्ता, दिपेन्द्र चौधरी, बिनोद चौधरी, प्रदेश सदस्य रामाकान्त चौधरी, भीम तामाङ, अमृत साथी, जिल्ला अध्यक्षहरु केदार यादव, हरेराम यादव, सतिस सिंह, सुनिल झा, अमरनाथ मण्डल लगायतका स्थानीय तहका नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको संचालन जसपा थारु संघका केन्द्रीय सचिव राम प्रसाद चौधरीले गरे । कठौनास्थित माबी भगवतपुरमा हुने राष्ट्रिय जागरण अभियान घोषणा सभालाई जसपाका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । –साभार ः सत्यापन

Classified Saptari Buy and Sell in Saptari

About The Author

News Portal Web design in Saptari Offer