Top_Header_Right_Add

थारु हुजदार बंशाबलीको छैठौं राष्ट्रिय सम्मेलनले नेबिलाल अध्यक्ष

थारु हुजदार बंशाबलीको छैठौं राष्ट्रिय सम्मेलनले नेबिलाल अध्यक्ष

सत्यापन
बिरेन्द्र बजार ।
थारु हुजदार बंशाबलीको छैठौं राष्ट्रिय सम्मेलन शनिबार सम्पन्न भएको छ । नेबिलाल हुजदार थारुको अध्यक्षतामा १५ सदस्य कार्य समिति गठन गर्दै छैठौं सम्मेलन सम्पन्न भएको हो ।

गठित समितिको उपाध्यक्षमा राम नारायण हुजदार, सचिबमा लक्षमण हुजदार, कोषाध्यक्षमा पुष्पलाल हुजदार सर्वसम्मत चयन भएका छन् । यसैगरी समितिको सदस्यहरुमा सीतादेवी हुजदार, ललिता देबी हुजदार, कनकी बति हुजदार, कल्पना देवी हुजदार, कालिन देबी हुजदार, सुरी देवी हुजदार, गणेश हुजदार, फुल कुमारी हुजदार, संजय हुजदार, प्रमोद हुजदार, सिताराम हुजदार रहेका छन् ।

यसैगरी ईन्जिनियर लक्ष्मी नारायण हुजदार, केशव हुजदार र नथरु हुजदारलाई सल्लाहकार चयन गरेको अध्यक्ष नेविलाल चौधरीले जानकारी दिए । सम्मेलनले हुजदार प्रतिष्ठान गठन गर्ने, बंशाबलीको पहिचान र हक अधिकार सुनिश्चितताका लागि अभियान संचालन गर्ने लगायतका बिभिन्न महत्वपूर्ण निर्णय समेत गरेको छ । प्रतिष्ठान संचालनका लागि बिद्यादेबी हुजदारको अध्यक्षतामा ९ सदस्य संचालक समिति गठ्न गरेको छ ।

गठित समितिको उपाध्यक्षमा चन्द्रिका हुजदार (ए), सचिबमा चन्द्रिका हुजदार (बी) र कोषाध्यक्षमा बबिता हुजदार चयन भएका छन् । यसैगरी सदस्यहरुमा तारिणी हुजदार, बटुली हुजदार, पृतम हुजदार, बिद्यानन्द हुजदारलाई चयन गरेको जनाएको छ ।

सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका २ स्थित भुर्कीमा सम्पन्न छैठौं सम्मेलनमा सप्तरी, उदयपुर, सुनसरी, सिरहा, महोत्तरी, सर्लाही, बारा जिल्लाका गरी देशैभरीका हुजदार थारुहरुको उपस्तिथि थियो । –साभार ः सत्यापन

Classified Saptari Buy and Sell in Saptari

About The Author

News Portal Web design in Saptari Offer