Top_Header_Right_Add

एसपिएल सिजन–थ्रीको उपाधी खडकलाई

एसपिएल सिजन–थ्रीको उपाधी खडकलाई

सत्यापन
राजविराज ।
मेयर कप, सप्तरी प्रिमियर लिग सिजन थ्रीको उपाधी सप्तरीका उदायमान क्रिकेटर विवेक यादव नेतृत्वको बजाज खड्क बारियर्सले हात पारेको छ । शनिबार सम्पन्न फाईनल खेलमा वारियर्सले रुपनी राईडर्सलाई १ रनले पराजित गर्दै उपाधी हात पारेको हो ।

बजाज खडक वारियर्सले दिएको १ सय ४७ रनको लक्ष्य पछ्याउने क्रममा रुपनी राईडर्सले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४५ रन मात्र बनाउन सक्यो । रुपनी राईडर्सका लागि निरज मुखियाले अविजित ५२, सुनिल धमलाले २३, अमित यादवले १९ तथा कुशल भुर्तेलले १५ रनको योगदान गरे ।

बलिङ्गतर्फमा खडक वारियर्सका अनिल खरेल र गोमानन्द अमात्यले समान ३÷३ सफलता हात परेका थिए भने भुलावन सहानीले २ तथा पवन सर्राफले १ विकेट हात पारे । यसअघि टस जितेर ब्याटिंग रोजेको खडक वारियर्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४६ रन जोडेको थियो । उसका लागि निरज यादवले सर्वाधिक ५१ रन, त्यस्तै अनिल शाहले २९, कप्तान विवेक यादवले २२ तथा भुलावन सहानीले अविजित १३ रनको योगदान गरेका थिए ।

बलिङ्गतर्फ रुपनी राईडर्सका अनिल यादवले ३, तथा सुनिल धमला र कुशल भुर्तेलले समान १÷१ सफलता हात पारेका थिए । उपाधीसहित बजाज खडक वारियर्सले ३ लाख रुपैयाँको नगर पुरस्कार समेत हात पारेका छिन् । त्यस्तै उप–विजेताका रुपमा रुपनी राईडर्सले १ लाख ५० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

प्रतियोगिताको उत्कृस्ट खेलाडी बजाज खडक वारियर्सका अनिल कुमार शाह घोषित भए । उत्कृष्ट बलर बिशाल सुश्लिंग र उत्कृष्ट ब्याट्सम्यान अनिल शाह चुनिए । –साभार ः सत्यापन

Classified Saptari Buy and Sell in Saptari

About The Author

News Portal Web design in Saptari Offer