• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

हुजदार थारु बंशावलीको छैठौं राष्ट्रिय सम्मेलन शुरु

हुजदार थारु बंशावलीको छैठौं राष्ट्रिय सम्मेलन शुरु

न्यूज टुडे
बिरेन्द्र बजार, १३ चैत ।
सप्तरीको अग्निसाईसर कृष्णासवरन गाउँपालिका २ स्थित भुर्कीमा हुजदार थारु बंशाबलीको छैठो राष्ट्रिय सम्मेलनको उद्घाटन सभा शुक्रबार सम्पन्न भएको छ ।

हुजदार बंशाबलीका केन्द्रीय अध्यक्ष निर्भलाल हुजदार थारुको अध्यक्षता तथा अग्निसाईर कृष्णासवरन गाउँपालिका अध्यक्ष पर्शुराम चौधरीको प्रमुख आतिथ्यमा उद्घाटन सभा सम्पन्न भएको हो ।

उद्घाटन सभामा प्रमुख अतिथि चौधरी, थारु कल्याणकारी सभाका केन्द्रीय कोषाध्यक्ष जयराम पंजियार, नेपाल आदिबासी जनजाति महासंघ सप्तरी अध्यक्ष बृजमान तामाङ, अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर २ का अध्यक्ष पशुपति प्रसाद चौधरी, डा. शंकर हुजदार थारु, पूर्व प्रधानाध्यापक माहाबिर प्रसाद चौधरी, लगायतकाले सम्मेलन सफलताको शुभकामना व्यक्त गरे ।

केशव हुजदारद्वारा संचालित कार्यक्रममा हुजदार थारु बंशाबलीको बारे केन्द्रीय सल्लाहकार ईन्जिनियर लक्ष्मी हुजदारले प्रकाश पारे भने स्वागत मन्तव्य केन्द्रीय सदस्य सुन्दरलाल हुजदार थारु र कृष्णा हुजदार थारुले गरेका थिए । सम्मेलनमा ईन्जिनियर लक्ष्मी नारायण हुजदार थारुद्वारा लिखित हुजदार बंशाबली पुस्तक बिमोचन समेत गरिएको छ ।

पुस्तकको थारु बंशाबलीका केन्द्रीय अध्यक्ष निर्भलाल हुजदार, अग्निसाईर कृष्णासवरन गाउँपालिका अध्यक्ष पर्शुराम चौधरी, थाकसका केन्द्रीय कोषाध्यक्ष जयराम यादव, पूर्व प्राध्यापक महावीर प्रसाद चौधरीले गरेका थिए । सम्मेलनमा सप्तरी, उदयपुर, सिराहा, सुन्सरी, महोत्तरी, सर्लाही, बारालगायतका देशभरका हुजदार थारुहरुको उपस्थित रहेको छ । सम्मेलनले आगामी पाँच बर्षका लागि नयाँ नेतृत्व चयन तथा बिधान संशोधन गर्दै सम्पन्न हुने जनाएको छ ।