Top_Header_Right_Add

काम चलाउ टहरामा पाँच वर्ष

राष्ट्रिय मानव अधिकार आयोग सँग भवन र जनशक्तिको अभाव
काम चलाउ टहरामा पाँच वर्ष

राष्ट्रिय मानवाधिकार आयोगको भौतिक अवस्थावारे आयोगकका नवनियुक्त सदस्य एवम् पूर्व न्यायाधिश मिहिर ठाकुरको अनुभव ….

                                                                                                                     मिहिर ठाकुर
                                                                                                 सदस्य, राष्ट्रिय मानव अधिकार आयोग

२०७२ सालको महाभुकम्प पश्चात हरिहरभवन स्थित राष्ट्रिय मानव अधिकार आयोगको भवन भत्किएको कारण काम चलाउ जस्ताको टहरा बनाई आयोगले त्यहाँ काम गरि रहेको ५ वर्ष बिति सक्यो । नयाँ भवन बनाउन त्यो ठाउँ खाली गर्नु पर्ने तर, आयोगले उपयुक्त नयाँ ठाउँ पाउन सकेको छैन । त्यहि टहरोमा बस्नु पर्ने अवस्था छ । यद्यपि आयोगका पूर्व पदाधिकारीहरु र कर्मचारीहरुले धेरै प्रयास गर्नुभए पनि उपयुक्त घर भाडामा पाउन सकिएन ।

आयोगका लगभग डेढ सय पदाधिकारी र कर्मचारीहरु अति सांगुरो कोठा र ठाउँमा विगत ५ वर्ष देखि काम गर्नु आश्चर्यजनक नै हो । आयोगका माननीय सदस्यहरु, सचिव, सहसचिव लगायतका कर्मचारीहरुका लागि महिला र पुरुष गरि दुई\तीनवटा कमन शौचालय रहेको छ । त्यसैवाट बिगत ५ वर्ष देखि काम चलाई राख्नु पर्ने बाध्यता, कस्तो बिडम्बना ! उचित वातावरण र आवश्यक पूर्वाधार विनाको कार्यस्थल हुनुको व्यथा कति पिडादायी ! तर, यस विषयमा चासो राख्ने, सहयोग गर्ने कस्ले ? सहयात्री नागरिक समाजका अगुवा अधिकारकर्मीहरुका लागि यो विषय उठाउनु भन्दा अन्यान्य विषय उठाउनु मात्रै पर्ने ?

सम्माननीय राष्ट्रपतिज्युलाई अवगत गरायौ, चासो लिनु भयो । आज आयोगका हामी सबै जना सम्माननीय प्रधानमन्त्रीज्युलाई भेटी उपयुक्त सरकारी भवन उपलब्ध गराउन आग्रह ग¥यौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सिंहदरबार भित्र सर्ने हो भने आयोगकालागि त्यो भवन तत्काल उपयुक्त हुने हाम्रो सुझावलाई प्रधानमन्त्री ज्यूले सकारात्मक रुपमा लिंदै यसवारे सरसल्लाह गरी छिटो निर्णय गरिने कुरा बताउनु भयो ।

मानव अधिकारको संरक्षण र सम्बद्र्धन गर्ने आयोगको संवैधानिक कर्तव्य निर्वाह गर्नमा केही जनशक्ति(कर्मचारी ) थप गर्नुपर्ने आवश्यक रहेको हाम्रो आग्रह प्रति पनि सम्माननीय प्रधानमन्त्रीज्यु अत्यन्तै सकारात्मक देखिनु भयो । भेटघाटको अवसरमा सरकार र यसका मातहत निकाय लगायत जोसुकैको जुनसुकै मानव अधिकार विरोधी गलत कामको खबरदारी गर्ने तथा राम्रो काममा प्रोत्साहन र सहयोग गर्न हाम्रो तत्परता र प्रतिबद्धता रहने जानकारी पनि गरायौं ।

-राष्ट्रिय मानव अधिकार आयोगका सदस्य ठाकुरको फेसबुक वालवाट सभार

Classified Saptari Buy and Sell in Saptari

About The Author

News Portal Web design in Saptari Offer