• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सिन्धी दाजुभाई विरुद्ध रेड कर्नर नटिसको प्रक्रियामा प्रहरी

सिन्धी दाजुभाई विरुद्ध रेड कर्नर नटिसको प्रक्रियामा प्रहरी

जितेन्द्र ‘जितु’
राजविराज, ३ चैत्र ।

आम सर्वसाधारणको करौडो ठगेर वेपत्ता रहेका आईएमई संचालक एवम् कपडा व्यवसायी संजय सिन्धी र सुनिल सिन्धी दाजुभाई विरुद्ध रेड कर्नर नटिस जारी हुन सक्ने सम्भावना बढदै गएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार सिन्धी दाजु भाई विरुद्ध रेड कर्नर नोटिस जारी गराउने प्रक्रिया थाल्ने तयारी भईरहेको छ ।

सिन्धी दाजु भाईको ठगि सम्बन्धी मुद्दालाई हेर्ने जिल्ला प्रहरी कार्यालय सप्तरी प्रहरी निरीक्षक रामसागर सिंहका अनुसार हाल सम्म जिल्ला प्रहरी कार्यालयमा डेढ दर्जन बढी उजुरीहरु सिन्धी दाजुभाई विरुद्ध पेरका छन् । झण्डै २ करौड ४२ लाख ठगि गरेर फरार रहेको भन्दै हाल सम्म उक्त डेढ दर्जन उजुरी जिल्ला प्रहरीमा परेको हो यद्यपी उक्त उजुरीहरुमा कुनै ठोस प्रमाण नहुँदा हाल सम्म ती उजुरीहरु दर्ता गरिएको छैन ।

यता आईएमई प्रादेशिक कार्यालय जनकपुरवाट ३० लाख धरौटी लिएर सिन्धी दाजुभाई फरार रहेको भनि परेको उजुरीमा प्रमाण समेत रहेकोले उक्त उजुरी दर्ता गरिसकिएको प्रहरी निरीक्षक सिंहले जानकारी गराए । ‘कारवाहीका लागि दर्ता भएको एउटा उजुरी पनि पर्याप्त रहेको छ’, प्रहरी निरीक्षक सिंहले भने, ‘तीन लाख भन्दा बढी ठगि गरेर फरार रहेको मुद्दामा आपराधिक विश्वासघात मुद्दा अन्तर्गत फरार रहेको व्यक्ति विरुद्ध रेड कर्नर नोटिस जारी सम्म गर्न सक्ने प्राबधान छ, त्यसै अन्तर्गत हामि रेड कर्नर नोटिसको प्रक्रियामा जाने योजनामा छौ ।’

सप्तरी प्रहरीले हाल सिन्धी दाजुभाईको व्यापक खोजतलास गरिरहेको वताउँदै प्रहरी निरीक्षक सिंहले भने, ‘अझै केहि दिन फेला नपरे हामिले उनको फायल प्रहरी हेड क्वाटरमा पठाउने छौ र हेडक्वाटरले ईनटरपोललाई रेड कर्नर नोटिस जारी गर्न अनुरोध गर्ने छन् ।’

के हो रेड कर्नर नोटिस ?
सूचना र प्रविधिको विकाससँगै अपराध पनि अन्तर्राष्ट्रियस्तरमा झाँगिदै गएको छ । यसरी बढेको अपराधको भौगोलीकरणसँगै समन्वय र सहकार्यका लागि इन्टरपोल गठन भएको हो । मुख्य गरी विभिन्न देशमा लुकेर बसेका अपराधीलाई पक्राउ गर्न विश्वभरका प्रहरी संगठनभित्र सहकार्यका निम्ति अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) सन् १९२३ मा गठन गरिएको हो ।

सन् १९९७ मा आबद्ध भएको नेपाल इन्टरपोलको सयौं सदस्य हो । इन्टरपोलमा हालसम्म एक सय ९० देश सदस्य छन् । इन्टरपोलले सम्बन्धित देशको प्रहरी संगठनको सिफारिसमा रेड कर्नर नोटिस जारी गर्छ । अदालतबाट मुद्दा फैसला भई अपराधी लुकीछिपी भागे वा लामो समय फरार भए, त्यस देशले इन्टरपोललाई रेडकर्नर नोटिस जारी गर्न अनुरोध गर्छ ।

सोही अनुसार इन्टरपोलका सदस्य राष्ट्रहरूलाई जहाँ भएपनि पक्राउ गरी कानुनी कारबाहीका लागि बुझाउन आग्रहसहितको फोटोसहित सूचना प्रवाह गरिन्छ । इन्टरपोलको आग्रहमा अपराधीलाई सम्बन्धित देशका प्रहरीले निगरानी गरिरहेका हुन्छन् । सोही अनुरूप खोजी कार्य हुन्छ ।

विदेशमा आफन्तले कमाएर पठाएको विभिन्न व्यक्तिको करोडौ रुपैया लिएर सिन्धी दाजुभाई फरार भएपछि अहिले सप्तरी सदरमुकाम राजविराज सहित जिल्लाभरीनै खैलाबैला मच्चिएको अवस्था छ ।

राजविराज स्थित गजेन्द्र चौकमा कपडा पसल र आइएमइको शाखा समेत खोलेर कारोबार संचालन गर्दै आएका सिन्धी दाजुभाई फाल्गुन १७ देखिनै वेपत्ता रहेका छन् । सुनिल र संजय सहोदर दाजुभाई हुन् । उनीहरुले आफ्नो नाममा रहेको सबै सम्पत्ति समेत गोप्य ढंगले बिक्रि गरि आइएमईबाट विदेशका विभिन्न स्थानबाट पठाइएका रकम पनि हिनामिना गरेर फरार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । विदेशबाट पठाएको रकम आफन्तले लिन जाँदा तिन दिन अघि कतिपयसँग भुक्तानी लिएको रसिदमा सही छाप गराएको पाइएको छ । रकम माँग गर्दा कहिले कम्प्युटर खराब, त कहिले नेट बिक्रेको छ लगायतका विभिन्न बहाना बनाउँदै भुक्तानी नदिएर भोलीपर्सी आउनु भनी आलटाल गर्ने गरेको पीडितहरुको भनाई छ ।

एक अनुमान अनुसार झण्डै ५० करोड भन्दा बढी रकम लिएर उनीहरु फरार रहेको वताईएको छ । जग्गा कारोबारमा समेत उनीहरु संलग्न रहेका थिए । दुबै दाजुभाईले प्रयोग गर्ने मोबाइल नं. ९८०१५०००११ र ९८१५७१४५३५ लगातार स्विच अफ रहेको छ ।