• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

भाषा-संस्कृति

बैरवामा उदयानन्द स्मृति साहित्यक सम्मेलन हुने

बैरवामा उदयानन्द स्मृति साहित्यक सम्मेलन हुने

न्यूज टुडे
राजविराज, २ चैत ।

सप्तरीको कंचनरुप नगरपालिकास्थित बैरवामा आदिकवि स्वर्गीय उदयानन्दको स्मृतिमा साहित्यक सम्मेलन आयोजना गरिने भएको छ । उदयानन्द स्मृति प्रतिष्ठानद्वारा सप्तरीको राजबिराजमा सोमबार पत्रकार सम्मेलन गरि आगामी चैत २१ गते साहित्यक सम्मेलन गर्ने जानकारी गराएका हुन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानको प्रायोजन तथा उदयानन्द स्मृति प्रतिष्ठानको आयोजनामा हुने साहित्यक सम्मेलनमा नेपाली साहित्यका बिशिष्ट ब्यतित्वहरुको उपस्थित हुने आयोजकले जनाएको छ । सप्तरीको बैरवामा बि.सं. १८१२ मा जन्मिएका आदिकवि अर्याल समाजसेवा, राजनीति, कला साहित्य र अध्यत्म क्षेत्रमा क्रियाशिल भएपनि उनको चिनारी हुन सकेको छैन ।

नेपाली साहित्य क्षेत्रमा ठूलो योगदान दिएका आचार्यको ब्यक्तित्व तथा कृतित्वहरुलाई उजागर गर्दै कला साहित्य र संस्कृतिको जगेर्नामा टेवा पु¥याउने हेतुले सम्मेलनको आयोजना गर्न लागेको प्रतिष्ठानका केन्द्रिय सदस्य सरिता अर्यालले जानकारी गराईन् । उनले उदयानन्दको चिनारीका लागि आयोजित साहित्यक सम्मेलनलाई सफल बनाउन उपस्थित भई सहयोगका लागि आग्रह समेत गरिन् ।

पत्रकार सम्मेलनमा साहित्यक सम्मेलन आयोजक समितिका संयोजक भरतराज शर्माले डा. पिताम्बर यादव र डा शैलेन्द्र नेपालले उदयानन्दको जिवनी र योगदानको बारे चर्चा गर्ने जनाएको छ । कार्यक्रममा सप्तरीको विविध समुदायका बीच आर्थिक एवम् साँस्कृतिक सद्भाव, महाकाब्य एवम् गणित सामाजिक एवम् साँस्कृतिक चरित्रको उजागर गरिने जनाएको छ ।

साहित्य क्षेत्रमा उल्लेखीय योगदान दिएका उदयानन्दको नेपाली भाषामा लेखिएको पहिलो माहाकाब्य पृथ्वीन्द्रोदय, बेताल पचिसी खण्डकाव्य, फुटकर कबिता लगायतका बिभिन्न रचनाहरु प्रकाशित छन् । नेपाल सरकारले १ र ५ दरकोको उदयानन्दको तस्विर अंकित हुलाक टिकट समेत प्रकाशनमा ल्याएको छ ।

सगरमाथा साहित्य परिषद्का अध्यक्ष एबम् वरिष्ठ पत्रकार बैधनाथ झाको अध्यक्षतामा आयोजित कार्यक्रम प्रेस काउन्सिल प्रदेश नम्बर २ का अध्यक्ष शिवहरी भट्टराई, दिपक अर्याल, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष ब्यासशंकर उपाध्याय, प्रकाश खतिबडा, धिरेन्द्र साह लगायतको उपस्थिति रहेको थियो ।